इन्फो नेपाल — सञ्चारको सञ्जाल

ओली ठूलै विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन लागेको प्रचण्डको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खलनायकको संज्ञा दिदै विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन लागेको आरोप लगाएका छन् । महोत्तरीको रामगोपालपुरमा बोल्दै ओली गणतन्त्र र मधेशको खलनायक भएको आरोप समेत लगाए । ‘भिलेनले लडेर ल्याएको गणतन्त्र उल्टाउने षड्यन्त्र गर्यो,’ प्रचण्डले ओलीबारे कडा टिप्पणी गर्दै भने,‘केपी ओली खलनायक हुन् ।’ ओलीले विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन खोजेको आरोप लगाए । उनले भने,‘देशी विदेशी ठूलै शक्ति मिलेर गणतन्त्र उल्टाउने षड्यन्त्र भयो ।’ ओलीले प्रतिनिधि सभा विघटन गरेर जनताको रगत र पसिनामाथि कुठाराघात गरेको टिप्पणी गरे । उनले भने,‘खलनायक केपी ओलीलाई बालुवाटारबाट बालकोट घिसारेर लगियो ।’ देशलाई अहिले ७ प्रदेश ओलीविहिन सरकार बनाएको बताए । आफू गठबन्धनमा निकै बलियो भएको बताए । उनले भने,‘ गठबन्धन सरकारमा म बलियो छु । प्रधानमन्त्री नभएपनि बनाउने मान्छे भएको छु ।’ओलीले चुरे दोहोन गर्न खोजेको आरोप लगाए । उनले भने,‘गिट्टी बालुवा झिक्ने निर्णय कस्ले गर्यो ? केपी ओली खलनायकले ।’-File Photo

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क