इन्फो नेपाल — सञ्चारको सञ्जाल

ओली प्रधानमन्त्री र भीम रावल रक्षामन्त्री हुँदा सेनाले अमेरिकालाई एसपीपीका लागि पत्र पठाएको खुलासा

काठमाडौं, २ असार । सैन्य साझेदारीसम्बन्धी अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागी हुन नेपाली सेनाले ७ वर्ष अघि नै पत्र पठाएको खुलासा भएको छ । सरकारको स्वीकृती लिएर एसपीपीमा सहभागी हुन सेनाबाट पत्राचार भएको खुलेको हो । तत्कालीन प्रधानन्यायाधीश राजेन्द्र क्षेत्रीको हस्ताक्षर गरिएको पत्रको मिति २७ अक्टोबर २०१५ को मिति छ । १० कात्तिक २०७२ को उक्त मितिमा केपी शर्मा ओली प्रधानमन्त्री र भीम रावल रक्षामन्त्री थिए । पत्र नेपालस्थित तत्कालीन अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई सम्बोधन गरिएको छ । एमालेले एसपीपीको सदनमा विरोध गरिरहँदा सेनाले अमेरिकालाई ओली प्रधानमन्त्री हुँदाको बखत लेखेको पत्र खुलासा भएको छ । यसले धेरै प्रश्नहरु उब्जिएका छन् । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले एसपीपी सम्झौता गर्न लागेको चर्चा चलिरहेको छ । सदनमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा सहभागी नहुने स्पष्ट पारिसकेका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क