इन्फो नेपाल — सञ्चारको सञ्जाल

कञ्चनपुरमा पनि उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात

कञ्चनपुर: कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका एक स्वास्थ्यकर्मीमाथि एक समूहले हातपात र गालीगलौज गरेका छन् । गएराति सवा ११ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी-५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्रप्रसाद गैरेमाथि उक्त समूहले हातपात र गालीगलौज गरेको हो । श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले उपलब्ध गराएको सीसीटीभी फुटेजमा नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य तथा नेपाल तरुण दल कञ्चनपुरका जिल्ला विभाग प्रमुख रामु भनिने रामबहादुर खड्काले ड्युटीमा रहेका अहेब गैरेको घाँटी च्यापेको प्रष्ट देखिन्छ । सुरक्षाकर्मीकै अगाडि मध्यरातमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुँदा पनि सुरक्षाकर्मी भने निरीह भएर मुकदर्शक बनेको देखिन्छ । यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरीमा जानकारी गराइसकेको भएपनि अहिलेसम्म कुनै पहल नभएको अहेब गैरेले जानकारी दिए । उक्त स्वास्थ्य केन्द्रका प्रमुख गोविन्दबहादुर बिष्टले घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि गुण्डागर्दी शैलीमा आएर हातपात र दुर्व्यवहार गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गरेका छन् । उनले अन्यथा स्वास्थ्यकर्मीले अन्य विकल्प अपनाउन सक्ने चेतावनी पनि दिएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क