इन्फो नेपाल — सञ्चारको सञ्जाल

कतारमाथि नेपालको शानदार जीत, इन्दुले रचिन् इतिहास

टी- २० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध ११९ रनले विजयी भएको छ ।नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको कतारले ११.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रनमा अलआउट भयो । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८/८ तथा केरी पाउनसेटले ७ र रिज्फा बानोले ३ रन बनाए ।कुनै पनि खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । उसका ६ खेलाडी शून्य रनमा आउट भए । नेपालका लागि कप्तान रुविना क्षत्रीले उत्कृष्ट बलिङ गरिन् । उनले १.५ ओभरमा १ रन मात्र खर्चिएर ३ विकेट लिइन् । यस्तै, कविता कुँवर र सरस्वती कुमारीले २/२ विकेट लिँदा करुण भण्डारीको नाममा १ विकेट रह्यो । यसअघि दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो ।नेपाली टोलीले टी- २० अन्तर्राष्ट्रियमा बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो । यसअघि नेपालले सन् २०१९ मा मलेसियाविरुद्ध १२६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् । उनले ४७ बलमा ५ चौकाको मद्दतमा ५५ रन बनाएर रिटायर्ड हर्ट भइन् । टी- २० अन्तर्राष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो । यसका साथै उनी नेपालका लागि टी- २० आईमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी पनि बनिन् ।फाइल फोटो

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क