इन्फो नेपाल — सञ्चारको सञ्जाल

कति पुग्यो बालेनको मत ?

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी उपमहानगर, जनकपुर उपमहानगर, धुलिखेललगायत नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । राजधानी उपत्यका रहेको काठमाडौंको प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । साहले ११२३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८८० मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ९०८ मत प्राप्त गरेका छन् । धनगढी उपमहानगर पालिकामा शुरुवाति नतिजामै गोपाल हमालले फराकिलो अग्रता बनाएका छन् । १०० मत गणना हुँदा हमालले ५५ मत पाएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् । १०० मत नै गणना हुँदा धरान उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । उनले ३३ मत ल्याउँदा नेपाली कांग्रेसका किशोर राईले ३१, नेकपा एमालेकी मञ्जु भण्डारीले १६ र राप्रपाका नरेश शाक्यले ३ मत पाएका छन् । जनकपुर उपमहानगर पालिकामा पनि स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहले अग्रता लिएका छन् । साहले २५९ मत सहित अग्रता लिदा गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३६ मत मात्रै पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका लालकिशोर निवर्तमान मेयर हुन् । कांग्रेसले जसपाका उम्मेदवारलाई समर्थन गरेपछि मनोज स्वतन्त्र उम्मेदवार बनेका थिए । जकपुरकै जस्तो नतिजा धुलिखेल नगरपालिकामा पनि आएको छ । प्रारम्भिक नतिजा अनुसार, धुलिखेलमा स्वतन्त्र उम्मेदवार बिदुरबहादुर बस्नेतले ५७२ मत सहित अग्रता लिएका छन् । उनलाई निवर्तमान मेयर अशोककुमार ब्याञ्जुले पछ्याइरहेका छन् । ब्याञ्जु एमालेका उम्मेद्वार हुन् । गठबन्धनबाट भने नेकपा एकीकृत समाजवादीका दयासागर श्रेष्ठ उम्मेदवार छन् । उनले १८ मत मात्रै पाएका छन् । महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका प्रलादकुमार क्षेत्रीले अग्रता लिएका छन् । कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका क्षेत्रीले ३४५ मत ल्याउँदा कांग्रेसको उम्मेदवार चिरञ्जिवी हमालले भने १० मत मात्रै पाएका छन् । क्षेत्रीलाई एमाले उम्मेदवार टेकबहादुर बलम्पाकीले १५६ मत सहित पछ्याइरहेका छन् । जुम्लाको एकमात्र नगरपालिका चन्दनाथमा पनि स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले ९४७ मत गणना हुँदा ३६७ मत ल्याएर अग्रसस्थानमा छन् । दोस्रोमा रहेका कांग्रेसका पदमबहादुर शाहीले १९२, माओवादीका जीवनबहादुर बुढ्थापाले १६१ र एमालेका धर्मेन्द्र रोकायाले ७६ मत पाएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क