इन्फो नेपाल — सञ्चारको सञ्जाल

कपाल झर्यो ? यसो गर्नुहोस्

व्यस्त जीवनशैली, प्रदूषण र घाम हाम्रो कपालका लागि हानिकारक हुन्छ । जसका कारण कपाल झर्नु, टुक्रने र समय अगावै सेतो हुनु आदि समस्याबाट गुज्रनुपर्ने हुन्छ । कपाल झर्ने समस्यालाई रोक्न बजारमा धेरै उत्पादनहरू उपलब्ध छन् । तर, यस्ता उत्पादनहरूमा पाइने केमिकल कपालका लागि हानिकारक हुन सक्छछ । यसको सट्टा घरेलु उपाय अपनाउन सकिन्छ । यसबाट कपाल झर्ने समस्याबाट छुटकारा दिलाउनुका साथै कपालको अन्य समस्याबाट पनि छुटकारा दिलाउँछ । भृङ्गराज कपालसम्बन्धी समस्याको लागि लामो समयदेखि आयुर्वेदमा भृङ्गराजको प्रयोग हुँदै आएको छ । यसले कपालको सम्पूर्ण समस्याको समाधान गर्छ । यसको पातलाई पिसेर केही पानी मिसाएर लेदो बनाएर कपाल झरेको ठाउँमा लगाउँदा कपाल झर्न रोकिन्छ । भृङ्गराजको तेल तथा स्याम्पु दैनिक कपालमा लगाएर मालिस गर्नाले कपाल झर्न रोक्छ र नयाँ कपाल पलाउन थाल्छ । भृङ्गराज स्याम्पुको प्रयोगले कपाललाई बलियो बनाएर कपाल झर्न रोक्छ । अदुवा अदुवाको प्रयोगले पनि कपाल झर्ने समस्यालाई कम गर्छ । त्यसैले, आजभोलि बजारमा अदुवा प्रयोग भएको स्याम्पुहरू आएका छन् । यसको प्रयोगले कपाल झर्न रोक्ने मात्र हैन नयाँ कपाल उमार्न पनि सहयोग गर्छ । कपालमा चायाँको समस्या छ भने पनि अदुवाको उपयोग निकै प्रभावकारी हुन्छ । अदुवालाई पिसेर त्यसको रस निकालेर हप्ताको दुईपटक प्रयोग गर्दा कपाल झर्दैन र नयाँ कपाल पलाउँछ । अमला अमलाले कपाललाई बलियो र चम्किलो राख्न मद्दत गर्छ । त्यसका साथै यसले कपाल झर्ने समस्यालाई पनि कम गर्छ । यसले कपाललाई पोषण दिन्छ । यसका लागि ताजा अमलाको जुस बनाएर कपालमा गोलाकार गतिमा मसाज गरी लगभग ३० मिनेटपछि पखाल्नुपर्छ ।

सम्बन्धित समाचार

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौं । खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौं भने गाजर निश्चित रूपमा उल्ल…

इन्फो नेपाल संवाददाता

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या

काठमाडाैं । आजकल रक्सी पिउनु जीवनशैलीको हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा पार्टीको नाम आउनेबित्तिकै मानिसहरु रक्सी पिउने कुरा गर्न थाल्छन् तर स्वास्थ्यमा असर पुगेपछि मदिरा त्याग्न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

काठमाडौं । विभिन्न वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरिसकेका छन् कि हिँडाइ शरीरलाई स्वस्थ राख्ने सबैभन्दा सरल, प्रभावकारी र प्राकृतिक उपाय हो। नियमित हिँडाइले मेटाबोलिजम सुधार गर्ने…

इन्फो नेपाल संवाददाता