काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले कम्तिमा १५० सिट जित्ने दाबी गरेका छन्। समानुपातिक र प्रत्यक्ष गरी प्रतिनिधि सभामा उक्त सिट जित्ने दाबी उनले गरेका हुन्।
कञ्चनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै बलबुतामा उक्त सिट जित्ने दाबी गरे। उनले भने, 'अरुको बैसाखी टेकेर होइन। जनताले भोट हालेर जित्छौं।'
उनले नेपाली कांग्रेसका कार्यकर्ता कसरी मन थामेर बसेका होलान्? भन्दै कटाक्ष पनि गरे। उनको टिप्पणी थियो, 'मनमनै छटपटाएका छन्। खान मन नलागेर घरमा खाना थोरै पस्क भन्छन्। सुत्ने बेला निद्रा लाग्दैन। छटपटिन्छन्। यस्तो छ पार्टीको हालत। के होला भनेर लागियो।’
कांग्रेस के पो भयो भन्ने चिन्ता लिइरहेको उनले बताए। उनीहरुलाइ चिन्ता नलिन, नतड्पिन र आँशु नखसाउन ओलीले आग्रह गरेका छन्।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…