इन्फो नेपाल — सञ्चारको सञ्जाल

कर्णाली भन्दा बिकट लाग्ने मोरङ बेलबारीको कारुणिक दृश्य

सुनसरी / मुनिबाट बगिरहेको केशलिया खोला , त्यसमाथि लगाईएको पानीको पाईप सँगै आसपासमा तेर्साइरएका पुराना बाँस,त्यहि पाईप र बाँसको सहारामा ज्यान जोखिममा राखेर २० जना बढी बिद्यार्थीहरु अध्यायनका लागि दैनिक ओहोरदोहोर गरिरहन्छन् । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ५ को यो दृश्य देख्दा जो कोहीलाई बिकट कर्णालीको झल्को दिलाउँछ । दैनिक ज्यान नै जोखिममा राखेर बिद्यार्थी र स्थानीय वारिपारी गर्छन,तरपनि स्थानीय सरकारको आँखा यहाँ कहिल्यै नपुगेको स्थानीयको गुनासो गर्छन् । स्थानीयले यो वास्तविकता सहितको तस्विर र सम्बन्धित ठाँउमा पुगोस भन्ने आशयका साथ म्यासेज गरेपछि यि तस्विरहरु हेरियो,यि दृश्यहरुले मन नै अमिलो बनायो,यो तस्विरहरु पोष्ट नगरी मनले मानेन् । यसै विषयलाई लिएर स्थानीय र भोलिका कर्णधार बिद्यार्थीको भविश्यमाथि खेलवाड नगरियोस,सम्भावित दुर्घटनालाई समेत मध्यनगर गर्दै तत्काल स्थानीय निकाय,सरकार लगायत जिम्मेवार निकायको आँखा यहाँ पुगोस । तस्विर : स्वस्तिका बस्नेत |

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क