इन्फो नेपाल — सञ्चारको सञ्जाल

कर्णालीले ल्यायो ३१ अर्ब ४१ करोडको बजेट, कुन मन्त्रालयलाई कति ?

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले उक्त बजेट प्रस्तुत गरेका हुन्।

मन्त्रालयगत बजेट विनियोजनअनुसार भौतिक तथा सहरी विकास मन्त्रालयलाई सबैभन्दा बढी १० अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यसैगरी सामाजिक विकास मन्त्रालयलाई ५ अर्ब ७२ करोड, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई २ अर्ब ८६ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

अन्य मन्त्रालयहरूलाई भने यसरी बजेट विनियोजन गरिएको छ - कानुन मन्त्रालय २९ करोड ६४ लाख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय १ अर्ब ८६ करोड र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई १ अर्ब ९४ करोड रुपैयाँ।

बजेटका सात उद्देश्य र सात प्राथमिकता तोकिएको छ। प्रदेशको उत्पादन, उत्पादकत्व र रोजगारी बृद्धि गर्नु, तहगत सरकारबिचको सहकार्य बढाउनु, सामाजिक सशक्तीकरण र न्याय कायम गर्नु, भौतिक पूर्वाधार विकास गर्नु र सुशासन कायम गर्नु मुख्य उद्देश्य हुन्।

त्यस्तै शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, कृषि, उद्योग, पर्यटन र सूचना प्रविधिमा जोड दिइएको छ। भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिइएको देखिन्छ।

बजेट-वक्तव्य-कर्णालीDownload

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क