इन्फो नेपाल — सञ्चारको सञ्जाल

कर्णाली नदीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुर्घटना अघि ओर्लिएका थिए १२ यात्रु

हुम्ला: सिमकोटबाट हिल्सा जाँदै गरेको जिप कर्णाली नदीमा खसेको छ । हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको कर्णाली प्रदेश ०३-१-०२२ च ५१२६ नम्बरको बलेरो जिप सोमबार बिहान च्याछहरा भिरबाट कर्णाली नदीमा खसेको हो । दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार बिहान ५ बजे सिमकोटबाट हिल्साका लागि हिँडेको जिप बिहान करिब ७ बजे उक्त भिरबाट खसेको प्रहरीले जनाएको छ । जनकपुर घर भएका चालक राजेशहेमजंग तामाङको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । जिप भिरबाट खस्दा हाम फालेका उनी सिकिस्त घाइते भएका थिए । दुर्घटना अघि अफ्ठ्यारो उकालो सडक भएकाले उनले जिपका यात्रुलाई भने ओ‌रालेका थिए । कामका लागि चीनको ताक्लाकोट जान सीमा पास बनाउन सदरमुकाम सिमकोट आएका लिमीका १२ जना यात्रु बोकेर उक्त जिप हिल्सा जाँदै थियो । च्याछहराको भिरमा अफ्ठ्यारो उकालो बाटोका कारण जिप चढ्न नसक्ने भएपछि चालकले सबै यात्रु ओरालेका थिए । यात्रु बिनाको जिपलाई उकालोमा चढाउने क्रममा नदीमा खसेको थियो । चालकले अफ्ठ्यारो बाटोमा यात्रु लिएर हिँड्ने जोखिम नउठाएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको डीएसपी भट्टराईले उल्लेख गरे । सामानसिहत भिरबाट ५० मिटर तल कर्णाली नदीमा खसेको जिप डुबेर बेपत्ता भएको छ । घटनास्थलदेखि नदीको तल्लो भागमा प्रहरी र स्थानीयबासीले जिपको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क