इन्फो नेपाल — सञ्चारको सञ्जाल

कर्मचारीमाथि कडाइ गर्दै मेयर बालेन : विभागदेखि वडासम्मै सीसीटीभी, हाजिरअनुसार तलब

२ असार,काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह कर्मचारीहरुबाट हुनसक्ने अनियमिता र सेवाप्रवाह ढिलाइप्रति कडा रुपमा प्रस्तुत हुन थालेका छन् । काम छलेको, समय मै कार्यालय आए–नआएको लगायतका कुरामा मेयर बालेनले विशेष ध्यान दिन थालेको महानगरमा कार्यरत कर्मचारीहरुले बताएका छन् । महानगरका एक कर्मचारीका अनुसार बालेनले कर्मचारीमाथि छड्के जाँच गर्न समेत सुरु गरिसकेका छन् । वडा कार्यालयदेखि विभागसम्म गरेको छड्केमा हालसम्म ४ जना कर्मचारी परिसकेको महानगरका एक कर्मचारीले जानकारी दिएका छन् । ‘ती ४ जना कर्मचारीलाई स्पष्टिकरण सोधिसकेको छ । वडा वडाका कर्मचारीलाई कुनै पनि बेला चेकिङ आउन सक्ने भन्दै अलर्ट रहेर काम गर्न निर्देशन दिइएको छ ।’ उनले भने । काठमाडौं महानगरपालिकाले अब हाजिर अनुसार मात्रै तलब वितरण गर्ने भएको छ । बिहीबार महानगरको प्रशासन विभाग प्रमुख महेश काफ्लेले एक सूचना जारी गर्दै काठमाडांै महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने जानकारी गराइसकेका छन् । मातहतका सबै विभाग र वडालाई महानगरपालिकाले पठाएको सूचनामा भनिएको छ, ‘चैत मसान्तमा महानगरपालिकाका वेबसाइटमा गरिएको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी वेबसाइटमा नदेखिएकाले के–कति कारणले हाजिर नभएको र आफ्नो वडा÷विभागमा कार्यरत कर्मचारीहरुको विवरण प्रशासन विभागको मेलमा नपठाएमा असार महिनाको तलब नबन्ने छ ।’ काठमाडौं महानगरपालिकाले सिसी क्यामेरा राख्न सुरु गरेको छ । महानगरका निर्देशक नवराज थापाका अनुसार महानगरको सबै विभाग र नगद कारोबार हुने कार्यालय स्थानमा सीसी क्यामेरा राख्न थालिएको हो । यस्तै रत्नपार्क, बालाजुमा रहेको राजश्व काउन्टरमा पनि सीसी क्यामेरा राख्न सुरु भइसकेको थापाले जानकारी दिए । काठमाडौं महानगरपालिकाको १४ वटा विभाग छन् । बबरमहलमा ५ वटा विभाग, ताहाचालमा २ वटा विभाग, टेकुमा २ वटा विभाग, राष्ट्रिय सभामा एक विभाग र बाँकी सुन्धारस्थित महानगरको कार्यालयमा रहेको छ । निर्देशक थापाका अनुसार सबै विभागमा सीसी क्यामेरा जोड्ने काम केहि दिनभित्रै सकिने छ । काठमाडौैं महानगरमा २ हजार ५ सय कर्मचारीको दरबन्दी भएता पनि हाल १ हजार ८ सय कर्मचारी कार्यरत छन् । बालेनले यसअघि नै महानगरमा रहेका कर्मचारीहरुले सवारी मर्मत गर्दा राजश्व चुहावट गर्ने भन्दै राष्ट्रिय आविष्कार केन्द्र मार्फत सवारी मर्मत गर्न जिम्मा दिने तयारी गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क