इन्फो नेपाल — सञ्चारको सञ्जाल

पूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीलाई बाँडियो साढे पाँच करोड

काठमाडाैँ। राजस्व संकलन नहुँदा कर्मचारीलाई तलबभत्ता खुवाउन पनि धौधौ छ । मुलुक मन्दीमा चलिरहेका बेला सरकारले भने पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि सत्तासीन दलका नेताहरूलाई पैसा बाँडेको छ । सरकारले नियमविपरीत सात महिनामा ५ करोड ४६ लाख आर्थिक सहायता दिएको हो । पूर्वराष्ट्रपति रामवरण यादवले २५ लाख रुपैयाँ सहायता लिएका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनालले २० लाख रुपैयाँ लिएका छन् । यी दुई नेता हरेक वर्षजसो राज्यकोषबाट पैसा लिन्छन् । तर, सरकारलाई गाली गर्न भने छाड्दैनन् । त्यसैगरी, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालले २७ लाख लिएका छन् । सरकारले साउनमा ९३ लाख, भदौमा १ करोड ४१ लाख ७७ हजार र असोजमा २५ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ । कात्तिकमा ४४ लाख, मंसिरमा १ करोड ३० लाख ८४ हजार, पुसमा ८८ लाख ७२ हजार र माघमा २४ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको अर्थ मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क