इन्फो नेपाल — सञ्चारको सञ्जाल

कर्रामा चार वर्षमा बनेको गुम्बा उद्घाटन

हेटौँडा |  हेटौँडा-१० कर्रामा बिभिन्न दाताहरुको सहयोगमा चार बर्ष लगाएर निर्माण भएको गुम्बाको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्धघाटन गरेकी छन् । हेटौँडा उपमहानगरपालिका कर्रामा रहेको सुखवती भुवन टासी जम्बुलिङ गुम्बा परिसरमा निर्माण भएको गुम्बाको उद्धघाटन गर्दै नगर प्रमुख लामाले लामो समय देखि ओझेलमा परेको यो क्षेत्रको बिकासमा सबैको हातेमालो आवश्यक रहेको बताइन् ।

करिब ३४ बर्ष अघि बाट गुम्बा क्षेत्रको रुपमा बिकास हुन लागेको कर्राको यो भेगले सोचे अनुरुप बिकासको गति नलिएको उनले बताइन् । बजार क्षेत्रमा रहेपनि उपल्लो तहमा पहुँच अभाकका कारण ओझेलमा परेपनि अब उपमहानगरले बिकासको गतिलाई अघि बढाउने बताइन् । उनले गुम्बाको पुर्वाधार बिकासका लागि पनि पालिकाले सहयोग गर्ने बताइन् ।

कर्रा पुलको दक्षिण भागबाट गुम्बा जाने बाटोलाई व्यवस्थित बनाउने काममा उपमहानगर लाग्ने बताइन् । उनले सडकलाई व्यवस्थित बनाएपछि अन्य बिकसको काम अघि बड्ने बताइन् । २०७८ सालमा हेटौंडा उपमहानगरपालिका, ९ र १० नम्बर वडा कार्यालयको गरी ३४ लाख रुपिया“ बजेटमा सुरु भएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।

गुम्मा निर्माणमा सहयोग पुर्‍याएको भन्दै कार्यक्रममा उपमहानगर र ९ र १० नम्मर वडालाई सम्मान पत्र प्रदान गरीएको थियो ।

समितिका अनुसार स्थानिय निकाय बाहेर बिभिन्न क्षेत्रका व्यक्तीहरुले पनि गुम्बा निर्माणमा आर्थिक तथा अन्य सामग्री सहयोग गरेका छन् । भवन तयार भएपनि गुम्बामा हुनु पर्ने अन्य कामहरु बाँकी रहेको बताइएको छ ।

सुखवती भुवन टासी जम्बुलिङ गुम्बा अमर लामाको अध्यक्ष्ँतामा भएको कार्यक्रममा हेटौंडा–१० नम्बर वडाका अध्यक्ष फुर्वा दोर्जे लामा, वडा सदस्य बिमल लामा, गुम्बा समितिका संरक्षक किताब सिंह लामा र्‍याङला गुठि समाजका अध्यक्ष्ँ सानुकुमार लामा लगाएतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

शव पहिचानमा सघाउन हेटौँडामा प्रोजेक्टरसहितको कक्ष

हेटौँडा | रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका व्यक्तिको सनाखतमा सहयोग पुर्‍याउन हेटौँडा उपमहानगरपालिकाले प्रोजेक्टरसहितको कक्ष सञ्चालनमा ल्याएको छ। नगर प्रमुख…

इन्फो नेपाल संवाददाता