इन्फो नेपाल — सञ्चारको सञ्जाल

कर विवादमा एमालेले भ्रम फैलाउन खोजेको मेयर पौडेलको आरोप

इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले करको विषयमा नेकपा एमालेका केहि नेताहरुले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । इटहरीमा पत्रकार सम्मेलन गर्दै मेयर पौडेलले एमालेले भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्तीसमेत जनाएका छन् । भित्र एउटा सहमति गर्ने अनि बाहिर कुरा फेरेर एमालेले नाटक मन्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाएका छन् । बुधबार दिउँसो १ बजेलाई तोकिएको १४ औँ नगरसभा बैठक स्थगित हुनुमा नेकपा एमालेका जनप्रतिनिधिहरु दोषी रहेको उनको भनाई छ । इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले एमालेबाट निर्वाचित जनप्रतिनिधिले अनुचित दबाब दिएको समेत आरोप लगाए । राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएका एमाले जनप्रतिनिधिहरूले बुधवारको नगर सभामा पार्टीको ह्विपमा अवरुद्ध गर्न खोजेपछि आफूले स्थगित गर्नुपरेको स्पष्टिकरण दिए । कार्यपालिका र नगरसभामा पर्याप्त छलफल गरेर कर तथा राजश्व बढाउने प्रस्ताव पास गरिएको विषयलाई लिएर एमालेले बारम्बार दोहोरो चरित्र देखाउँदै विरोध गर्नुको कुनै औचित्य नरहेको नगरप्रमुख पौडेलको भनाई छ । राम्रो काम गर्न नदिने एमालेले जनतामा भ्रमको पर्दा राखेर बस्ने दल र त्यसपछाडिका पात्रको भूमिकबारे पर्दा च्यात्ने बेला भएको उनले उल्लेख गरेका छन् । इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुख सहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुख सहित ६ जना नेपाली काँग्रेसबाट निर्वाचित सदस्य छन् । यस्तै १०४ जना नगर सभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना मात्र नेपाली काँग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क