इन्फो नेपाल — सञ्चारको सञ्जाल

कलाकार जयनन्द लामाको जन्मथलोमा सालिक स्थापना

काठमाडौं । स्व. कलाकार, गायक, संकलक, निर्देशक एवं निर्माता जयनन्द लामाको स्मृतिमा उनकै जन्मथलोमा सालिक स्थापना गरिएको छ । जयनन्द लामा स्मृति कोषले शुक्रबार एक कार्यक्रमकाबीच सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पाको थिङटोलमा उनको निजी जग्गामै सालिक निर्माण गरी गरेको हो । लामाको १२ फिट अग्लो पूर्णकदको सालिक कोषले ८ लाख रुपैयाँको बजेटमा निर्माण गरेको हो । डम्फु बजाएर नाचिरहेको भावमा लामाको सालिकको डिजाइन गरिएको छ । लामाले दर्जनौं लोकगीत गाउनुका साथै दुई सयभन्दा बढी फिल्म र टेलिश्रृंखलामा अभिनय गरेका छन् । २०३० सालमा ‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका लामाले ‘छक्का पञ्जा, जय भोले, कान्छी, निशानी’ लगायतका फिल्ममा अभिनय गरेका छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘ए साथी सुन’ फिल्म चैत १० मा प्रदर्शन हुँदै छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क