काठमाडौं: प्रकृतिद्धारा जिवित प्राणीहरुमा दिएको सबैभन्दा ठुलो जिम्मेवारी अभिभावकत्व हो । यसैलाई सहज बनाउन प्रकृतिले सबै कलिला र कोपिलाहरुलाई सुन्दर बनाएको हुन्छ । शैशवकालमा हरेक प्राणीहरु सुन्दर एवं प्यारा हुन्छन् । कुखुराका चल्ला, बाख्राका पाठा पाठी, गाईका बाच्छा बाच्छी, आदि इत्यादी सबै ।
सायद हेर्दै असिम वात्सल्य तथा अभिभावकत्व प्राप्त गरुन भनेर प्रकृतिले यि शैशवहरुलाई प्यारा बनाएको हुनुपर्छ । यो नियम सर्वश्रेष्ठ र विवेकशिल प्राणी मानवमा पनि लागुहुन्छ । हामी पनि हाम्रा बच्चाहरुलाई निकै माया गर्छौं । कल्पनामा समेत हामी हाम्रा कलिला बच्चाहरुलाई असिमित माया गर्छौं । मुटु नै चुंडेर दिउ जस्तो । तर .... माफ गर्नुहोला तपाईहरुको अभिभावकत्वको असिमित प्रेममा प्रश्न गर्न खोजेका होइन ।
बच्चा हुर्काउन कत्ति गाह्रो हुन्छ । किन गाह्रो भएको होला ? यसरी मुटुनै चुंडाए पनि दिन तयार अभिभावकहरुले यत्ति गाह्रो गरि र्हुकाएका ति त्यस्ता प्यारा बच्चाहरुले हुर्कियर परिपक्व हुन नपाउदै संसारभरका यत्ति धेरै दुख किन पाएका होलान् ?
प्लेटो लेख्छन, "Let Parents bequeath to their children not riches, but the spirit of reverence". अर्थात अभिभावकहरुले आफ्ना सन्तानलाई धनसंपत्ति मात्र नछोडुन, अरुको पिडा र संवेदना महसुस गर्न सक्ने एउटा सुन्दर मन पनि दिएर जाउन ।
सामान्य मानिसका अभिभावकहरुले हामीलाई केहि धनसंपत्ति त छोडे तर अरुको पिडा महसुस गर्न सक्ने सुन्दर मन दिन सकेनन् । प्लेटो एक महान चिन्तक हुन् । उनी जान्दथे, सुन्दर मनहरुको अभावमा यो संसार निर्दयी र स्वार्थी बन्नेछ जंहा भावना, संवदेना र अरुको पिडा महसुस गर्नेहरुलाई कमजोर भनिनेछ । हामी यि सबै महसुस गर्दछौं । तर जीन्दगीको दौडमा हामी यि भावनात्मक पक्षहरुलाई विर्सदै छौं ।
राम्रो र जिम्मेवार अभिभावक बनेर आफ्ना सन्तानको भविष्य सुनिश्चत गर्न सबैभन्दा पहिला त अभिभावक बन्न तयार हुनु पर्दछ । संसारमा कसैलाई जन्म दिएर दुख दिनु भन्दा जन्म दिनु अघिनै आवश्यक तयारी गर्नु महत्वपुर्ण हुन्छ । त्यसका लागि विवाह र सन्तान उत्पादन भनेको एउटा अत्यन्तै महत्वपुर्ण जिम्मेवारी हो भनेर बुझ्न आवश्यक छ । हामी मध्ये कोही पनि यो पक्कै चहादैनौ कि जन्म लिएर हाम्रा सन्तानहरुले दुख पाउन् । आर्थिक, सामाजिक र मानसिक रुपमा सबल भएपछि मात्र सन्तानको रहर गर्नुपर्दछ । तपाईका आफ्ना जिवन पनि महत्वपुर्ण हुन्छन् । आफुले बहन गर्न नसक्ने जिम्मेवारी लिंदा तपाईको आफ्नो जिवन पनि अनावश्यक बोझ र पिडामा दब्न सक्छ । आफ्नै जिवन तनावपुर्ण हुंदा कुनै अर्को जिवन वा भनौं समाजका विषयमा सोच्न सकिदैन । तसर्थ आफु तथा आफ्ना सन्तानहरुको सुन्दर संसारका लागि विवाह तथा अभिभावक बन्ने जस्तो अत्यन्तै महत्वपुर्ण विषयमा धेरै चिन्तन र तयारी गर्न आवश्यक छ । तयरी पश्चात मात्र अभिभावक बन्नु पर्दछ । जिम्मेवार अभिभावक बन्ने तयारी गरिसकेपछि आफ्ना बालबालिकाहरुलाई अनुशासित, सभ्य र असल नागरिक बनाउन अभिभावकहरुले ध्यान दिनुपर्ने कुराहरु :
सबैभन्दा पहिला जिम्मेवार अभिभावक बन्न निन्मलिखत गुणहरु आवश्यक पर्दछन् :
विवाहका लागि उपयुक्त समयको चयन र त्यसैगरी पुर्ण तयारीका साथ मात्र आफ्नो परिवारको शुरुवातका लागि सोच्नुपर्दछ । तयारीमा सामाजीक तथा आर्थिक सक्षमता लगायतका विषयहरु पर्दछन् । जिम्मेवार अभिभावक बन्न श्रीमान श्रीमती दुवैले उपयुक्त समयको छनोट गर्नुपर्दछ । सन्तानहरु बिच उपयुक्त जन्मान्तर सुनिश्चित गर्नुपर्दछ । सन्तान भनेका आर्थिक जीम्मेवारी पनि हुन् तसर्थ जन्म अघि आफ्नो आर्थिक अवस्था सुनिश्ति गर्नुपर्दछ ।
त्यसैगरी जिम्मेवार अभिभावकका निम्नलिखित सिद्धान्तहरु महत्वपुर्ण हुने गर्दछन् :
- तपाईका आचरण र व्यवहार निकै महत्वपुर्ण हुने गर्दछन् : बलबालिकाहरुले आफ्ना अभिभावकरुलाई निकै ध्यानले नियालीरहेका हुन्छन्, बालबालिकाहरुले आफ्ना अभिभावकहरुकै नक्कल गर्ने हुंदा तपाई आफ्ना बालबालिकाहरुलाई जस्तो देख्न चहानुहुन्छ त्यस्तै व्यवहार गर्नुहोस् ।
- बालबालिकाहरुलाई माया गर्नुपर्छ तर धेरै पुल्पुल्याउनु हुंदैन : हामी सबै आफ्ना बालबालिकाहरुलाई असाध्यै धेरै माया गर्छौ तर मायाले उनीहरुलाई विगार्नु हुंदैन । गलत गरेमा बुझाएर सम्झाउनु पर्छ तर गाली गर्ने पिट्ने चांहि पटक्कै गर्नु हुंदैन ।
- आफ्ना बालबालिकाहरुको क्रियाकलापमा भाग लिनुपर्दछ : हेरचाह गर्ने, खाना खुवाउने तथा माया गर्ने मात्र पर्याप्त हुंदैन, उनीहरुको क्रियाकलापमा उनीहरु जस्तै भई भाग लिंदा उनीहरुको मानसिक तथा शारिरीक विकासमा निकै सकारात्मक प्रभाव पर्दछ । जस्तोसुकै व्यस्त समयमा दिनको केहि समय उनीहरुसंग खेल्नु एकदमै जरुरी हुन्छ । खेल्दा सम्पुर्ण ध्यान उनीहरुमै सिमित हुनुपर्दछ ।
- अभिभावकत्वलाई आफ्ना बालबालिकाको उमेर अनुसार परिवर्तन गर्दै लानुपर्दछ : बालबालिकामा उमेर अनुसार हुने शारिरीक तथा मानसिक विकास अनुसार अभिभावकहरुले आफ्नो व्यवहरामा परिवर्तन गर्दै लानुपर्दछ ।