इन्फो नेपाल — सञ्चारको सञ्जाल

कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौं - आगामी तीन दिन देशका विभिन्न भागहरूमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा जनाएको छ। आज आइतबार राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ। उच्च पहाडी र हिमाली भेगका केही ठाउँहरूमा हल्कादेखि मध्यम हिमपात पनि हुन सक्ने पूर्वानुमान छ। २१ गते सोमबार दिउँसो पहाडी भेगमा आंशिक देखि साधारण बदली रहने र गण्डकी तथा कर्णाली प्रदेशमा छिटफुट वर्षाको सम्भावना छ। राती कर्णाली, सुदूरपश्चिम, कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने हिमाली भेगका एक-दुई ठाउँमा हल्का हिमपात हुन सक्छ। २२ गते मंगलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भेगमा आंशिक बदली रहने छ। राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारण बदली रहने र हिमाली भेगका केही ठाउँमा हिमपातको सम्भावना छ। मौसम विभागले वर्षा र हिमपातले केही क्षेत्रको जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा यातायातमा आंशिक असर पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क