इन्फो नेपाल — सञ्चारको सञ्जाल

कस्तो रहला आजको मौसम ?

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज पनि चट्याङको जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अहिले बिहान ६ बजे मौसम अलर्ट जारी गर्दै विभागले आगामी २४ घण्टामा पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङको सम्भावना देखिएको जनाएको हो। पहाडी इलाकामा आज हल्का र क्षणिक वर्षाको प्रक्षेपण विभागले गरेको छ। प्रि-मनसुनको समयमा पश्चिमी र स्थानीय वायु आपसमा ठक्कर खाँदा मेघ गर्जन र चट्याङको जोखिम रहन्छ। अहिले दुवै वायु नेपाली आकाशमा सक्रिय छन्। अहिले बिहान पहाडी क्षेत्रमा आंशिक बदली छ। बाँकी भेगमा मौसम सफा छ। आज दिउँसो पहाडी भेगमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सफा रहने विभागको प्रक्षेपण छ। यस्तै, पहाडी इलाकामा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ। आज राति पहाडी इलाकामा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने सम्भावना छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क