इन्फो नेपाल — सञ्चारको सञ्जाल

काठमाडौंको सडकमा फोहोरका पोका

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन हुन नसक्दा सडकमा पोका पारेर राखिएको छ । ल्याण्डफिल साइट पुग्ने बाटो निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभागले एक साताअघि फोहोर बोक्ने सवारी नचलाउन आग्रह गरेको थियो । सोही आग्रहअनुसार काठमाडौं महानगरपालिकाले एक सातासम्म फोहोर ल्याण्डफिल साइट नलैजाने निर्णय गरेको थियो । कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले सूचना जारी गरी एक सातासम्म घरमै फोहोर राख्न आग्रह गरिएको बताउनुभयो ।एक सातासम्म घरभित्र फोहोर राख्न असम्भव भएपछि महानगरवासीले बाटोमा फोहोर राखेका थिए । महानगरवासीले राखेको फोहोर वडा कार्यालयको संयोजनमा प्लास्टिकको झोलामा पोका पारी बाटोको साइडमा राखिएको छ । कामपा वातावरण व्यवस्थापन विभाग ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले टेकु ट्रान्सफर स्टेसनमा फोहोर व्यवस्थापन गर्न असम्भव भएपछि बाटो किनारामा पोकापारी राखिएको जानकारी दिनुभयो । कामपा प्रवक्ता नवीन मानन्धरले विकल्प नभएपछि कामपाले प्याकिङ गरी व्यवस्थित रुपमा सडक किनारामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दुर्गन्ध नआउने गरी केमिकल राखेर व्यवस्थित किनारामा राखेका छौं ।’ एक दुई दिन मात्र बाटोमा राख्ने र त्यसपछि ल्याण्डफिल साइटमै लैजाने उहाँको भनाइ थियो । तर उहाँले भनेजस्तो पूर्ण रुपमा दुर्गन्धहिन देखिँदैन । ‘विभागले दिएको समय सकिन दुई दिन बाँकी छ, हामी तोकेकै दिन बञ्चरेडाँडामा फोहोर लैजाने तयारी गरेका छौं’ –उहाँले भन्नुभयो । महानगरपालिकाका अनुसार २ सय मिटर सडक पूर्ण रुपमा तयार हुन अझै केही दिन लाग्नेछ । यही अवस्था भए अर्को साता मात्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लैजान सकिनेछ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क