इन्फो नेपाल — सञ्चारको सञ्जाल

काठमाडौंमा धौ -धौ बनाउने यो घटना, जुन यो भन्दा अगाडी थिएन

काठमाडौं : अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा आज राजधानी काठमाडौंको माइतीघरदेखि संसद भवन रहेको बानेश्वर चोकसम्म सात वटा कार्यक्रम राखिएको छ । सरकारले आज हुने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि टेवल गर्ने सम्भवना बढेपछि विरोधका कार्यक्रम राखिएका हुन् ।बिभिन्न राजनीतिक दल, भातृ संगठनहरुले विरोध कार्यक्रमको आयोजना गरेका छन् । विरोध कार्यक्रमका कारण माइतीघरदेखि बानेश्वरसम्मको सडकखण्ड दिनभरी प्रभावित हुने देखिएको छ । एकैदिन धेरै पार्टी तथा भातृ संगठनले विरोधक कार्यक्रम राखेपछि उनीहरुको कार्यक्रमको समय पनि जुधेको छ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी )र वाइसीएल नेपालले यथास्थितिमा एमसीसी टेवल गर्ने कदम बिरुद्ध संसद भवन बानेश्वर घेराउ कार्यक्रम राखेको छ । नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि विहान ११ बजे विरोध कार्यक्रम गरिने अनेरास्ववियू (क्रान्तिकारी) र वाइसीएलले जनाएका छन् । एमसिसी विरुद्ध जनआन्दोलन २०७८ ले एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगि संसद भवन घेराउ गर्ने कार्यक्रम रोखको छ । यो कार्यक्रम पनि विहान ११ बजे माइतघर मण्डलाबाट सुरु हुने जनाइएको छ । पूर्व सुरक्षाकर्मी परिषद र नेपालका लागि नेपाली पार्टीले एमसिसीको विरोधमा मौन जुलुसको आयोजना गरेको छ । मौन जुलुस विहान साढे ११ बजे माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ । हाम्रो नेपाल हामी नेपाली अभियानले पनि एमसिसीको विरुद्ध विरोध प्रदर्शन आयोजना गर्दैछ । मध्यान्ह १२ बजे माइतीघर मण्डलाबाट अभियानले विरोध प्रदर्शन सुरु गर्ने जनाएको छ । राप्रपाका भातृसंगठनहरूले एमसिसी विरुद्ध बृहत विरोध प्रदर्शन गर्ने जनाएका छन् । मध्यान्ह १२ बजे बबरमहलमा जम्मा भइ संसदभवन नयाँ बानेश्वरसम्म नारा लगाउँदै जाने उनीहरुको कार्यक्रम छ । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डला देखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शनको कार्यक्रम राखेको । कार्यक्रम मध्यान्ह १२ बजेत सुरु हुने जनाइएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले एमसीसीको बिरोधमा संसद भवन घेराउ गर्ने कार्यक्रम राखेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क