इन्फो नेपाल — सञ्चारको सञ्जाल

काठमाडौं विश्वविद्यालयले 'साधारणीकरण सञ्चार-ढाँचाको दुई दशक' विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी गर्ने

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले २० वर्षअघि प्रतिपादित सञ्चारको 'साधारणीकरण ढाँचा'को दुई दशक पूरा भएका अवसरमा एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ  । दक्षिण एशियाली विश्वविद्यालय (नयाँ दिल्ली) का कुलपति प्रा.डा. के.के. अग्रवालको प्रमुख आथित्यमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स्, हात्तिवन, ललितपुरमा आगामी जेठ १३ गते सङ्गोष्ठी हुने जनाईएको छ  । 

सङ्गोष्ठीका मुख्य वक्ता (कीनोट स्पीकर) अमेरिकाको हिलोस्थित हवाई विश्वविद्यालयका प्राध्यापक योशिताका माइक हुनेछन् भने सङ्गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले गर्ने जनाईएको छ  ।

गोष्ठीमा भारत, चीन, इण्डोनेसियालगायतका विश्वविद्यालयहरूबाट प्राध्यापकहरूको सहभागीता रहने छ । सङ्गोष्ठीका लागि केयूका सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न १० वटा उपसमितिहरू गठन भई क्रियाशील रहेका छन्।

केयूका सहप्राध्यापक डा. निर्मलमणि अधिकारीले सन् २००३ मा प्रतिपादित 'सञ्चारको साधारणीकरण ढाँचा'लाई दुई दशक पूरा भएको अवसरमा यो अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गरिएको हो। उक्त सञ्चार ढाँचा हाल विश्वका धेरै विश्वविद्यालयहरूमा औपचारिक पाठ्यक्रममा समावेश भएको छ भने यससम्बन्धि स्नातकोत्तर तथा विद्यावारिधि शोधार्थीहरूले पनि शोध अध्ययन गरिरहेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क