इन्फो नेपाल — सञ्चारको सञ्जाल

कात्तिक २ गते जापान जान लागेका कानेपोखरीका ढुङगेल जंगलमा मृत फेला

सुनसरी / मोरङको उर्लाबारी नगरपालिका-६ सिमाना वस्तीका २३ बर्षे धिरेन्द्र ढुङगेल कानेपोखरीको जंगलमा मृत फेला परेका छन् । सोमबार दिउसो २ बजे घरबाट श्रीमती सगै उर्लाबारी बजार गएका ढुङगेल बाजरमा सामान किनमेल गरेर श्रीमतीलाई घर जाउ म कपाल काटेर आउछु भनेर श्रीमतिलाई घर पठाएका ढुङगेल मोरङको कानेपोखरी गाउपालिका वडा नम्वर-७ मा पर्ने जंगलमा मंगलबार विहान मृत फेला परेका हुन । ढुङगेलले श्रीमतीलाई दिउसो करिव २ः३० बजेतिर कपाल काटि सके भनेर फोन गरेपछि उनि सम्पर्कमा नआएको परिवारले बताएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । ईलाका प्रहरी र सामाजिक संजालमा उनि हराएको सुचना सार्वजनिक भए सगै उनको खोजीकार्यमा आफन्त, स्थानिय र प्रहरी लागि परेको थियो । प्रहरीले उनको खोज गर्ने क्रममा मोबाईल फोन टे्रसिङ गर्दा फोनको लोकेसन पथरीको जिरीखिम्ती र कानेपोखरी आसपास देखीएकाले राति नै देखी आफन्त, प्रहरी र स्थानियको टोलीले जंगलमा खोजी गरीरहेको थियो । खोज गर्ने क्रममा उनको शव मंलबार विहान ९ बजेतिर कानेपोखरी-७ को लेटाङ मोड नजिकै झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक शुशिल पाण्डेले बताए । घटनाको स्थलगत अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक पाण्डेले घटना स्थलमा कुनै पनि प्रकारको संकास्पद गतिविधी नभएको र मृतक ढुङगेलको शरिरमा समेत निलडाल नभएका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको बताए । ढुङगेलले आफैले लगाएको उइनचिटर ज्याकेटको पासो लगाएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ घटनास्थलबाट प्रहरीले उनले प्रयोग गर्ने गरेको एक थान मोवाईल, नगद १६ हजार रुपैया समेत फेला पारेको जनाएको छ । ढुङगेलले गत असोज २३ गते प्रेम सम्वधमा रहेकी आफ्नी प्रेमिकालाई विवाह गरेका थिए । विवाह गरेको १ महिनामै ढुङगेलले मृत्यु वरण गरेका छन् । उर्लाबारी खानेपानीमा केही समय जागिर खाएका ढुङगेल बैदेशिक रोजगारीको शिलशिलामा जापान जाने तयारीमा थिए । जापानको तयारी अन्तीमचरणमा पुगेपछि उनले खानेपानीको जागिर छोडेर घरमै बस्दै आएको उर्लाबारी खानेपानीका अध्यक्ष एवम वडा नम्वर-६ का वडाध्यक्ष चिन्तामणी पौडेलले बताए । उनको जापानको उडान कात्तिक २ गते तय भएको थियो । तिहार मनाएर जापान जाने तयारीमा रहेका ढुङगेलले विचैमा देहत्याग गरेका छन् ।उनको शव पोष्टमार्टमका लागि उर्लाबारी-३ मा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा राखिएको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क