इन्फो नेपाल — सञ्चारको सञ्जाल

कानेपोखरीमा पिकअपको ठक्करबाट महिलाको मृत्यु

मोरङ - मोरङको कानेपोखरीमा शनिबार राति टाटा पिकअपको ठक्करबाट एक अनपहिचान महिलाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी-७ मा भएको दुर्घटनामा स्थानीय एक अन्दाजी ४०-४५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महिलाको सनाखत हुन सकेको छैन। झापाबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२४ च ७३७७ नम्बरको पिकअपले पैदल यात्रा गरिरहेकी महिलालाई राति करिब ९:२० बजे ठक्कर दिएको प्रहरीले जनाएको छ। गम्भीर घाउत भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो। पिकअप चालक सोलुखुम्बुको नेचासल्यान-४ का ४५ वर्षीय मिलन कुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क