इन्फो नेपाल — सञ्चारको सञ्जाल

८ वर्षीय बालिकामाथि बला'त्कार, ६ महिनापछि आराेपी पक्राउ

सुनसरी / मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीया बालिकामाथि बला'त्कार गरेको आरोपमा ६ महिनापछि एकजनालाई पक्राउ गरिएको छ । ६ महिनापछि बालिकामाथि भएको घटना गाउँमा नै मिलापत्र गराएको पाइएको छ । गत माघ ५ गते कानेपोखरी गाउँपालिका- ६ का एक पुरुषले चिनजानकी बालिकालाई आफ्नो घरमा लगेर क'रणी गरेका थिए । घटना भएकै दिन स्थानीयले पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति पछि मौखिम रुपमा मिलापत्र भएको थियो । मिलापत्र भएकाे घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । पीडितका बुबाकाे जाहेरीका आधारमा प्रहरीले कानेपोखरी गाउँपालिका- ६ का ४३ वर्षीय काजिमान पुरीलाई पक्राउ गरेको हो । घटनाका बारेमा थाहा पाएपछि गत असार ३० गते बालिकाका बुबाले जाहेरी दिएपछि पुरीलाई सोमबार पक्राउ गरिएको छ । पक्राउ परेका अभियुक्त पुरीलाई जिल्ला अदालतको आदेशमाा जब'र्जस्ती कर'णी मुद्दामा कारबाहीका लागि हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क