इन्फो नेपाल — सञ्चारको सञ्जाल

कान्तिलोकपथमा ट्रक दुर्घटना हुँदा २० वर्षीय सन्तोषको ज्यान गयो

हेटौँडा ।  हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया–११ घट्टेपाखामा बुधबार राति करिब ३ बजे मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा पर्साको बीरगंज महानगरपालिका–३२ निवासी २० वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको छ। गम्भीर घाइते चालक कृष्ण यादवलाई चितवन रेफर गरिएको छ। लगातार हुने दुर्घटनाले कान्ति लोकपथको सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क