इन्फो नेपाल — सञ्चारको सञ्जाल

कान्ति लोकपथ र पृथ्वी राजमार्ग ठप्प भएपछि त्रिभुवन राजपथमा तीनदिने सवारी समय तालिका लागू

हेटाैँडा । पहिरोका कारण पृथ्वी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि नयाँ समय तालिका तोकिएको छ। सडकमा बढेको सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले तीन दिनका लागि दुवैतर्फ आउजाउ गर्ने सवारीलाई फरक-फरक समय निर्धारण गरेको हो।

​जिल्ला प्रशासन कार्यालयका अनुसार हेटौँडाबाट काठमाडौँ जाने सवारी साधनका लागि चौकीटोलबाट असोज ११ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म, असोज १२ गते बिहान ४ बजेदेखि १० बजेसम्म तथा राति ९ बजेदेखि असोज १३ गते बिहान १ बजेसम्म र असोज १३ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्मको समय तोकिएको छ।

​यस्तै काठमाडौँबाट हेटौँडा आउने सवारीका लागि सिमभञ्ज्याङ चौकीबाट असोज ११ गते राति १० बजेदेखि असोज १२ गते बिहान १ बजेसम्म, असोज १२ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म र असोज १३ गते बिहान ६ बजेदेखि ११ बजेसम्मको समय सीमा तोकिएको प्रशासनिक अधिकृत सन्तोष सुवेदीले जानकारी दिए।

​अत्यावश्यक मानिने इन्धन र एलपी ग्यास बोकेकाबाहेक १० चक्काभन्दा बढी र १५ टनभन्दा गह्रौँ भार बोकेका मालवाहक सवारीलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाइएको छ। यात्रुवाहक सवारीको हकमा पनि ११ मिटरसम्म लम्बाइ भएका गाडीले मात्र यो सडक प्रयोग गर्न पाउनेछन्। प्रशासनले समय तालिका र मापदण्ड बुझेर मात्र यात्रा तय गर्न चालक, व्यवसायी र यात्रुहरूलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क