इन्फो नेपाल — सञ्चारको सञ्जाल

कामचलाउ प्रधानमन्त्रीको फेरि अर्को चलखेल

शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले दूरगामी असर पर्नेगरी विवादास्पद निर्णय र कार्य गर्न रेकर्ड तोड्न थालेको छ । सत्तास्वार्थका लागि जेलमा रहेका कैदीलाई छोड्ने गरी अध्यादेश ल्याएको सरकारले फेरि प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी अर्को चलखेल थालेको छ । प्रहरी सेवामा दूरगामी असर पार्नेगरी सरकारले ३० वर्षे सेवाअवधि हटाउने गृहकार्य अघि बढाएको हो । सो गृहकार्यअनुसार नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले गृहमन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । यस कार्यमा प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्माको बढी रुचि र चासो रहेको गृहस्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार विभिन्न स्वार्थसमूहको रुचि र दबाबमा बालुवाटारले गृहमन्त्रालयमा हस्तक्षेप गरी सो प्रस्ताव अघि बढाउन लगाएको हो । अर्थ मन्त्रालयले प्रहरीमा रहेको ३० वर्षे प्रावधानको साटो ५८ वर्षको उमेर र पदावधिको हद लागू गर्नेगरी सैद्धान्तिक सहमति दिएको बताइएको छ । यसका लागि केही समयअघि मात्रै प्रधानमन्त्री देउवाको ठाडो निर्देशनमा गृहमन्त्री बालकृष्ण खाँडले अर्थमा सहमतिका लागि प्रस्ताव पठाएका थिए । सर्वोच्च अदालतले प्रहरी ऐनमै व्यवस्था गरेर मात्र अवकाश, करिअरलगायत व्यवस्था मिलाउन आदेश दिएको थियो । तर, कामचलाउन सरकारले अध्यादेशमार्फत नियमावली संशोधन गरेर ३० वर्षे सेवा अवधि हटाउन लागेको हो । गृहस्रोतका अनुसार बालुवाटारको दबाबमा गृहमन्त्री र गृहसचिव यस्तो प्रस्ताव तयार पारी अर्थमा पठाउन बाध्य भएका हुन् । गृहले एक वर्षपछि मात्रै लागू हुनेगरी अर्थबाट सहमति प्राप्त भएको जनाएको छ । अब अर्थबाट सहमति भएपछि कानुन मन्त्रालय र लोकसेवा आयोगमा सहमतिको लागि पठाउने र त्यसलगत्तै मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी बालुवाटारले गरेको छ । नेपाल प्रहरीमा हरेकपटक आईजीपीका ब्याचकाले जागिरको उत्तराद्र्धमा आफ्नो स्वार्थ पूरा गर्न ३० वर्षे सेवा अवधि हटाउने प्रयास गर्ने गरेका छन् । अहिले पनि स्वार्थवश त्यस्तै प्रयास थालिएको र सो प्रयासले सार्थकता पाउन सक्ने देखिएको गृहस्र्रोतको दाबी छ । विभिन्न स्वार्थसमूहले बालुवाटारलाई प्रभावमा पारेर सो प्रस्ताव अघि बढाएको गृहस्रोतले जनायो । राजधानी दैनिक

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क