इन्फो नेपाल — सञ्चारको सञ्जाल

कार्यालय समयमा तास खेल्दै मोरङका एक वडाध्यक्ष

विराटनगर | मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पंकज चौधरी थारु कार्यालय समयमा तास खेल्ने गरेको पाइएको छ। वडाध्यक्ष चौधरी कार्यालय समयमा तास खेलिरहेको भिडियो समेत प्राप्त भएको छ।

स्थानीयहरूका अनुसार, वडाध्यक्ष चौधरी वडा कार्यालय आसपासको पसलमा बसेर खुलेआम तास खेल्ने गरेका हुन्। यस्तो व्यवहारले वडाको दैनिक कामकाजमा गम्भीर असर परेको स्थानीयहरूको गुनासो छ। वडाध्यक्ष कार्यालयमा नहुँदा वडाका महत्वपूर्ण कार्यहरू प्रभावित भएको बताइएको छ।

२०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मुरारी लाल विश्वास थारुलाई १०३ मतले हराएर एमालेका चौधरी वडाध्यक्षमा निर्वाचित भएका थिए। तर निर्वाचित भएदेखि नै उनी कार्यालय समयमा कार्यालयमा नबस्ने र सार्वजनिक स्थानमा समेत तास खेल्ने गरेको स्थानीयहरूको आरोप छ।

यता वडाध्यक्ष चौधरी भने कार्यालयको कामलाई प्रभावित नहुने गरि तास खेलेको बताउछन्। नेपालको कानून अनुसार सार्वजनिक स्थानमा जुवा खेल्नु गैरकानूनी कार्य हो। यस्तो अपराधमा ३ महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। बारम्बार यस्तो कार्य गरेमा ६ महिनासम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क