इन्फो नेपाल — सञ्चारको सञ्जाल

कालापानीमा जनगणनाको माग राख्दै विप्लव कार्यकर्ताले गरे तालाबन्दी

दार्चुला । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले यहाँस्थित जनगणना कार्यालयमा तालाबन्दी गरेका छन् । शुक्रबार उनीहरुले कालापानी, लिपुलेक तथा लिम्पियाधुरामा समेत जनगणना गर्नुपर्ने माग राख्दैतालाबन्दी गरेका हुन् । यी भूमि लामो समयदेखि भारतको अतिक्रमणमा छन् ।शुक्रबार दिउँसो १ बजेतिर जनगणना कार्यालयमा पुगेका विप्लवका तीन जना कार्यकर्ताले तालाबन्दी गरेको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार नयाँ नक्सामा समेटिएको क्षेत्रमा जनगणना गर्नेबारे घाममा बसेर कुराकानी गरौ भनेर कर्मचारीहरुलाई बाहिर बोलाएको र लगत्तै कार्यालयमा ताला लगाइएको थियो । उनले भने, ‘एक जनाले हामीलाई अलमल्याउन कुरा गर्न थाल्यो, दुई जनाले कार्यालयमा ताला लगाए । अनि कार्यालयको बोर्डमा कालो झन्डा समेत पनि राखे ।’ उनले यो खबर प्रहरीलाई गरेको र प्रहरी टोली आएर शुक्रबारै ताला तोडेको समेत बताए । तालाबन्दी गर्ने व्यक्तिहरूको खोजी भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क