इन्फो नेपाल — सञ्चारको सञ्जाल

कालिकोटको बाढी पहिरोले एकको मृत्यु, ३८ घर जोखिममा

कालिकोट । तीन दिनदेखिको अविरल वर्षापछि गएको पहिरोले सोमबार राती घर भत्किँदा महाबै ७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ । स्मृतीसँगै सुतेकी उनकी १५ वर्षीया बहिनी इशानी अधिकारी भने घाइते छन् । खाना खाएर घरमा सुतिरहेको बेला राम्नी अधिकारी वडाका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी जेठी छोरी स्मृतिको घटनास्थलमै मृत्यु भएको डिएसपी चक्रबहादुर शाहले बताउनु भयो । घाइते इशानीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पहिरोले सोही गाउँका अन्य ५ घर भत्किएका छन् । २५ घर जोखिममा छन् । जोखिममा रहेका २५ घर परिवारलाई सोमबार राति १२ बजे स्थानीय राम मावि राम्नी र स्वास्थ्य चौकीको भवनमा सारिएको प्रहरीले जनाएको छ ।सोमबार रातिनै पादमघाट प्रहरी चौकी र सदरमुकाम मान्मबाट प्रहरी टोली घटनास्थल गएको प्रहरीले जनाएको छ । त्यहाँको गाउँ नै पहिरोको जोखिममा रहेको स्थानीयले बताएका छन् । वर्षाले खाँडाचक्र नगरपालिका १ मान्म बजारस्थित एलना मेडिकल हल रहेको पछाडिको पर्खाल भत्किँदा औषधि क्षति भएको छ । पहिरोले मान्म बजारको नाव गैराका १३ घर जोखिममा रहेको प्रहरीले जनाएको छ ।त्यस्तै, ताडीबाट मान्म बजार आउने साकालामा ढुंगा नजिकै पुरानो बाटोमा पहिरो जाँदा आवागमन नै रोकिएको छ । त्यस्तै, वर्षाले कर्णाली नदीमा बाढी आउँदा कर्णाली करिडोर जोड्न जितेस्थित कर्णाली नदीमा रहेको फेरि बगाएको छ । फेरि बगाएपछि कर्णाली करिडोरमा गाडी लैजान कठिनाई हुने प्रजिअ कृष्णप्रसाद आचार्यले बताउनु भयो । अविरल वर्षाले कर्णाली राजमार्ग अन्तरगत सुर्खेत जुम्ला सडकको ठाउँ–ठाउँमा पहिरो गएपछि राजगमार्ग अवरुद्ध भएको छ । राजमार्गको दैलेख पाल्ताडा, राकम, घट्टेखोला, दैखोला, कालीकोटको गगने, सेरि, सुनारखोला, मोल्फा, पिली सेरावाडालगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत पुग्यो, सबैभन्दा लामो महादेवटार सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो मह…

इन्फो नेपाल संवाददाता

गाडीमा सिट नपाउँदा बाँचे अवधेश, छठ मनाउन पठाएका श्रीमती, छोरी र भाइहरू फर्किएनन्

हेटौँडा । छठ पर्व मनाउन सर्लाहीस्थित घर जाने सबै तयारी पूरा भइसकेको थियो। कपडा र पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए। बुधबार राति करिब १ बजे उठेर अवधेश यादवले श्रीमती पुन…

बसन्त भण्डारी

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते