इन्फो नेपाल — सञ्चारको सञ्जाल

कालोपत्र हुनु पर्ने मालढुङ्गा–बेनी सडक अलपत्र पर्यो

म्याग्दी - २३ वर्ष अघि ट्रयाक खुलेको यो सडकको स्तरोन्नती गर्न राज्यले विगतमा प्राथमिकतामा कहिल्यै पारेन । अघिल्लो वर्ष देखि थालिएको स्तरोउन्नती योजना पनि ठेकेदारले काम गर्न छाडेपछि अहिले अलपत्र छ । ठेकेदारले विभिन्न वहाना बनाएर सडक योजना अलपत्र पारेको छ । दैनिक रुपमा म्याग्दी र मुस्ताङको भ्रमणमा निस्केका सयौं सवारीसाधनहरु गुड्ने यो सडक यतिखेर ठेकेदारले काम गर्न छाडेपछि अलपत्र छ । राष्ट्रिय गौरबको कालिगण्डकी करिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा –बेनी सडक खण्डको स्तरोन्नती सहित कालोपत्रे योजनाको ठेक्का लिएको ठेकेदार लामोसमय सम्मपनि काममा नर्फकिएपछि सडक अलपत्र परेको हो । जिर्ण र अस्तव्यस्त सडकका कारण सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । मालढुङ्गा देखि बेनी सम्म जम्मा १३ किलोमिटर सडक पार गर्न डेढ घण्टा समय लाग्ने गरेको छ । राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति योजनाको २०७७ चैतमा ५२ करोड ८६ लाख ३१ ह्जार दुईसय ८१ रुपियाँमा एपेक्स –खड्का –कृष्ण जेभीसँग ठेक्का सम्झौता भएको थियो । अघिल्लो वर्ष देखि सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले पाँचमहिना यता सडक योजना अलपत्र पारेर छाडेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क