इन्फो नेपाल — सञ्चारको सञ्जाल

किन बढ्यो ह्वात्तै संक्रमण ?

काठमाडौं । असारयता नेपालमा कोभिड–१९ को संक्रमण बढ्दो क्रममा छ । विशेषगरी, काठमाडौं उपत्यकामा थपिने संक्रमितको संख्या उच्च छ । १२ वर्षमाथिका ९० प्रतिशत जनसंख्यामा कोभिड–१९ विरुद्धको खोप पुगिसकेको अवस्थामा फेरि संक्रमण बढ्नुले त्रास पैदा भएको छ । यो संख्यामा संक्रमण थपिनु अर्को लहर आउने संकेत हो या कोभिड–१९ संक्रमणले दीर्घकालीन रूप लिने हो ? संयमता अपनाउन जरुरी देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार असारका १५ दिनमा ४८५ जना कोभिड–१९ संक्रमित थपिएका छन् । जेठ ३१ गते ११ लाख १९ हजार ६२७ रहेको संक्रमितको संख्या असार १५ गते आइपुग्दा ११ लाख २० हजार ११२ पुगेको छ । यो अवधिमा ४० हजार ८५४ परीक्षण भएकामध्ये ४८५ जनामा संक्रमण पुष्टि भएको छ । तर, थपिएका संक्रमितको तुलनामा निको हुनेको संख्या ५० प्रतिशतभन्दा कम छ, १५ दिनमा २१२ जना मात्रै संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । योसँगै असार १५ गतेसम्म सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । कोभिड–१९ का तीनवटा लहरमा नेपाल भारतका सीमा क्षेत्रमा धेरै देखिएको कोभिड–१९ संक्रमण यसपटक भने काठमाडौं केन्द्रित भएको देखिन्छ । बुधबार मात्रै पनि देशभर थपिएका ६२ केसमध्ये ४५ जना काठमाडौंका संक्रमित छन्, योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १६१ पुगेको छ । कोभिड–१९ विरुद्धको खोप लगभग सबै नागरिकमा पुगिसकेको अवस्थामा फेरि संक्रमण बढ्नुलाई विज्ञहरूले धेरै कोणबाट व्याख्या गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला केही महिनायता जनस्वास्थ्यका मापदण्डमा लापरबाही गरिएका कारण संक्रमणको जोखिम बढेको जनाउँदै आएको छ । तर, पछिल्लो समय संक्रमण बढ्नुमा स्वास्थ्यका मापदण्ड मात्रै नभई अन्य कारणहरू पनि रहेको विज्ञहरू बताउँछन् । “हामीले लगाएको कोभिड–१९ विरुद्धको खोपका लास्टिङ अवधि ६ महिनासम्म हुन्छ, सुरु–सुरुमा लगाएकाहरूमा अब खोपले प्रतिरक्षा गर्ने अवधि सकिँदै गएका कारण संक्रमित हुने सम्भावना बढ्दै जान्छ,” संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला भन्छन् । यदि, अमेरिकालगायत मुलकुमा फैलिएको ओमिक्रोनको बी.ए. ४ र बी.ए. ५ भेरियन्टले संक्रमण गराइरहेको भए नेपालमा फेरि संक्रमण नफैलिएला भन्न नसकिने डा. कोइरालाको तर्क छ । नेपालमा कोभिड–१९ संक्रमण मत्थर भएको पाँच महिनापछि फेरि बढ्दै जानुलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले पनि नजिकबाट नियालिरहेको जनाएको छ । प्रयोगशालाका मेडिकल टेक्नोलोजिस्ट राजेशकुमार गुप्ताका अनुसार छिट्टै सातै प्रदेशबाट नमुना संकलन गरी जिन सिक्वेन्सिङ गर्ने तयारी एनपीएचएलले गरेको छ । केस बढ्दै गएपछि सिक्वेन्सिङ गरी कुन भेरियन्ट फैलिरहेको हो भन्नेबारे पत्ता लगाउन प्रक्रिया थालिएको गुप्ताले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क