इन्फो नेपाल — सञ्चारको सञ्जाल

किन रोकियो नयाँ मन्त्रीको शपथ ? बालुवाटार स्रोत भन्छ– कुरो यही हो…नाम चाहिँ नलेख्नुहोला

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आइतबार सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सिफारिस गरेको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको अनिच्छाका कारण अलपत्र परेको छ । प्रधानमन्त्री देउवाले बजेट पास गरेर मात्रै मन्त्रिपरिषद् हेरफेर गर्न सकिने अडान लिएपछि नेकपा एसको निर्णय अलपत्र परेको हो । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले अहिले मन्त्रिपरिषद् हेरफेर गर्नका लागि उपयुक्त समय नरहेको बताएका हुन् । ‘अहिले मन्त्रिपरिषद् हेरफेर गर्ने उपयुक्त समय हैन । पहिला बजेट पास होस् त्यसपछि सोचौँला’, बैठकमा प्रधानमन्त्रीले भनेको बताउँदै स्रोेतले भन्यो, ‘मेरो नाम चाहिँ नलेखिदिनुहोला ।’ मन्त्री फेर्ने पार्टीको निर्णय प्रधानमन्त्रीले लत्याएपछि नेकपा एसको नेतृत्व तह नै असन्तुष्ट बनेको छ । सम्मानित नेता झलनाथ खनालले त आफ्नो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने र कसलाई फिर्ता बोलाउने भन्ने अधिकार अरु कसैलाई नरहने भन्दै आक्रोश व्यक्त गरेका छन् । मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय उल्ट्याउने अधिकार यो धर्तीका कुनै पनि शक्तिसँग नरहेको उनको टिप्पणीले पनि गठबन्धनको बिहान बसेको बैठकमा चर्काचर्की परेको अनुमान गर्न सकिन्छ । आज प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले कसलाई मन्त्री बनाउने र हटाउने भन्ने निर्णय नेकपा एसको सार्वभौम अधिकार रहेको भन्दै अरूले चासो दिन नपाउने बताएका हुन्। ‘कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने भन्ने निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ । धर्तीका अरू कुनै तागतले सक्दैनन् । हाम्रो पार्टीमा लाखौ‌ँ सदस्यहरू छन्, उनीहरूको निर्णय पार्टीका कमिटीहरूले गर्छन्, अरूले होइन’, खनालले भनेका छन् । खनालले सरकार बनाउने बेला नै ६ महिनामा मन्त्री फिर्ता हुने सहमति भएको भन्दै यसबाट दायाँबायाँ नहुने पनि बताए । नेकपा एसका कतिपय नेताले आज नयाँ मन्त्रीको शपथ रोकिए पनि छिट्टै मन्त्रिपरिषद् हेरफेर हुने दाबी भने छाडेका छैनन् । तर प्रधानमन्त्री देउवा भने अब छोटो समयका लागि मन्त्री परिवर्तन गर्ने पक्षमा देखिएका छैनन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क