इन्फो नेपाल — सञ्चारको सञ्जाल

किरण खरेललाई ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार–२०८२’ प्रदान गरिने

मकवानपुर | भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले वरिष्ठ गीतकार किरण खरेललाई ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार–२०८२’ प्रदान गर्ने घोषणा गरेको छ। तरङ्ग सांस्कृतिक परिषद्को पहलमा स्थापना भएको प्रतिष्ठानले माघ १५ गते हेटौँडामा विशेष कार्यक्रममा उनीलाई सम्मान समर्पण गर्ने तयारी गरेको हो।

उद्यमी कन्हैयाकृष्ण श्रेष्ठले २०६४ सालमा आमा बिजुलीमाया वनः श्रेष्ठको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशि सुरुवाती वर्षमा ५० हजार थियो, जुन २०६७ सालदेखि बढेर एक लाख रुपैयाँ भएको छ। नेपाली गीत–संगीत क्षेत्रमा दीर्घ योगदान पुर्‍याउने स्रष्टालाई अन्तर्राष्ट्रिय स्तरमै सम्मानित गर्ने उद्देश्यका साथ यो पुरस्कार प्रदान गर्दै आइएको प्रतिष्ठानले जनाएको छ।

यस वर्षको १७औँ संस्करणका लागि छनोट भएका गीतकार किरण खरेल सात दशकदेखि निरन्तर गीत–रचनामा सक्रिय छन्। वि.सं. २०१४ मा ‘ए दूरका सितारा…’ गीतमार्फत गीत लेखनमा प्रवेश गरेका उनले हालसम्म सात सयभन्दा बढी गीत रचना गरिसकेका छन्। चलचित्र 'माइतीघर' का लागि उनले लेखेका गीतहरूले नेपाली फिल्मी गीतको स्वरूपमा नयाँ मोड ल्याएको मानिन्छ, र त्यसपछि उनले एक सयभन्दा बढी चलचित्रका लागि गीत लेखे।

चार गीत–संग्रह प्रकाशित गरिसकेका खरेल रेडियो नेपालदेखि तत्कालीन शाही नेपाल चलचित्र संस्थानसम्म, कार्यक्रम निर्माता तथा सञ्चालकको भूमिकामा रहेर पनि उल्लेखनीय योगदान दिएका छन्। छिन्नलता गीत पुरस्कारसहित उनले प्राप्त गरेका सम्मानहरू उनको सर्जनशीलता र दीर्घ योगदानको प्रमाण मानिन्छ। ‘माइतीघर’, ‘जिन्दगीलाई जित होइन’, ‘हिमालको काखमा छ मेरो सानो गाउँ’, ‘मन्दिरमा छ कि मूर्तिमा माया’, ‘तारा मात्र होइन तिमीलाई…’ जस्ता उनका कृति आज पनि दर्शक–श्रोता बीच उत्तिकै लोकप्रिय छन्।

प्रतिष्ठानले २०६४ देखि २०८१ सम्म यस पुरस्कारबाट सम्मानित व्यक्तित्वहरूको सूची पनि सार्वजनिक गरेको छ, जसमा अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जङ्गम, किरण प्रधान, राजेन्द्र थापा र नीर शाहजस्ता नामहरू समावेश छन्।

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठका अनुसार किरण खरेलको योगदान नेपाली गीत–संगीतको उन्नयनका लागि असाधारण भएकोले यस वर्षको सम्मान उनीलाई समर्पण गर्ने निर्णय गरिएको हो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क