इन्फो नेपाल — सञ्चारको सञ्जाल

किशोर मृत भेटिएपछि तनाव, प्रहरीले गर्‍यो हवाई फायर

अछाम १७ : जेठदेखि वेपत्ता भएका किशोर मृत भेटिएपछि अछाममा स्थानीयले प्रदर्शन गरेका छन् । पन्चदेवल विनायक नगरपालिका ४ का १५ वर्षका किशोर विनोद शाही मृत अवस्थामा भेटिएका थिए । उनी घरनजिकै मृत अवस्थामा भेटिएपछि स्थानीयले घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कारवाही गर्न माग गर्दै प्रहरीलाई शव उठाउन दिएका छैनन् । स्थानीय प्रदर्शनमा उत्रिएपछि त्यहाँ तनाव बढेको हो । तनाव बढेपछि प्रहरीले हवाई फायर गरेको छ । साथै अश्रुग्यास पनि प्रहार भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर गरेको छ । त्यस्तै, ३ राउन्ड अश्रुग्याँस प्रहार भएको प्रहरीले जनाएको छ । तर, स्थिति अझै नियन्त्रणमा आएको छैन । स्थानीयको प्रदर्शन नरोकिएपछि डोटीबाट थप सुरक्षाकर्मी मगाइएको छ । ३० वैशाखमा स्थानीय तह निर्वाचन सकिए पछि एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद हुँदा शाही हराएको परिवारले दाबी गर्दै गएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क