इन्फो नेपाल — सञ्चारको सञ्जाल

किसानलाई मल पाउन सकस, कृषि मन्त्रालय भन्छ ४२ हजार ९८३ टन मल मौज्दात छ

काठमाडौँ — एकातिर आलु लगाउने बेला मल पाउन सकस भैरहेको किसान बताउछन भने र्अकोतिर ४२ हजार ९८३ टन मल मौज्दात छ भन्दैछ कृषि मन्त्रालय । सरकारले हाल ४२ हजार ९८३ टन मल मौज्दात रहेको जानकारी दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार युरिया, डीएपी र पोटास गरी कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ टन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ टन मल मौज्दात छ । चालु आर्थिक वर्षमा हालसम्म ८६ हजार २४६ टन मल बिक्री भइसकेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै १५ हजार टन युरिया आयात भइरहेको र केही दिनमै नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३० हजार टन युरिया पुसको पहिलो साता नेपाल आइपुग्नेछ, यो परिमाणको हाल बोरा प्याकिङ भइरहेको छ । चालु आर्थिक वर्षमा हालसम्म २ लाख ५७ हजार टन रासायनिक मल खरिदको लागि टेन्डर आह्वान (जीटूजी समेत) भएकोमा १ लाख १० हजार टन आयात भइसकेको मन्त्रालयको भनाइ छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ ‘टेन्डर भएर आयात हुन बाँकी मल फागुन महिनासम्म नेपाल आइपुग्ने कृषि सामग्री र साल्ट ट्रेडिङले जानकारी दिएका छन् ।’

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क