इन्फो नेपाल — सञ्चारको सञ्जाल

कुनैपनि बेला प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा हुनसक्ने

राजनीतिक घटनाक्रम यसरी विकास भएको छ कि देश वैशाख या जेठभित्र प्रतिनिधि सभाको निर्वाचनमा जाने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्दो छिटो चुनाव घोषणा गर्ने तयारीमा छन् । त्यसका लागि उनले परामर्श समेत थालिसकेका छन् । आगामी वर्षको सुरुमै संसदको निर्वाचन गर्न स्थानीय चुनाव चैतमै गर्ने तयारी समेत भएको छ । यसका लागि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरिसकेका छन् । आयोगले चुनावका लागि तयार भएको भन्दै आवश्यक व्यवस्थाबारे जानकारी गराएको थियो । देउवाले अर्ली इलेक्शनमा जोड दिदै आएका थिए । कात्तिक या मंसिरमा हुने आवधिक चुनाव ६ महिना अगाडि गर्दा विरोधका स्वर नसुनिने बुझाई देउवानिकटस्थहरुको छ ।अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने संकेतहरु देखिएको छ । देउवा महाभियोगको पक्षमा छैनन् । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकटस्थहरु राजीनामा कि महाभियोग भनिरहेका छन् । यो अर्थपूर्ण छ । देउवा कुनैपनि हालतमा महाभियोग लाग्न नदिने रणनीतिमा देखिन्छन् । यसले पनि प्रतिनिधि सभा विघटनका लागि वातारण बनाइरहेको विश्लेषण हुन थालेको छ । प्रतिनिधि सभाको एक चौथाई सदस्यले मात्र प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सक्छन् । त्यसलाई टार्न पनि विघटनमा देउवा जान सक्छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क