इन्फो नेपाल — सञ्चारको सञ्जाल

कुन कुन मन्त्रालयमा बढ्यो बजेट?

काठमाडौं | सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। यो चालु आर्थिक वर्षको बजेटभन्दा ६.२२ प्रतिशतले बढी हो। यस बजेटमा करिब ५ खर्ब ४७ अर्ब बराबरको घाटा रहेको छ। स्रोत अपुग हुने यस बजेटलाई वैदेशिक ऋण, आन्तरिक ऋण र अनुदानबाट पुर्याउने योजना छ।

मन्त्रालयगत रूपमा बजेट विनियोजनलाई हेर्दा केही मन्त्रालयको बजेट बढेको छ भने केहीको घटेको छ। विगतका वर्षहरूमा भ्रष्टाचारको आरोप लागेका केही मन्त्रालयको बजेटमा कटौती गरिएको छ भने शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनासँग जोडिएका मन्त्रालयहरूको बजेट बढाइएको छ।

!function(){"use strict";window.addEventListener("message",(function(a){if(void 0!==a.data["datawrapper-height"]){var e=document.querySelectorAll("iframe");for(var t in a.data["datawrapper-height"])for(var r=0;r

बढेका मन्त्रालय..

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय: यस मन्त्रालयले २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट पाएको छ, जुन गत वर्षको भन्दा ३.२३ प्रतिशतले बढी हो। अर्थ मन्त्रालय: अर्थमन्त्री जनैं आफ्नै मन्त्रालयको बजेट ३७१ प्रतिशतले वृद्धि गरी २ खर्ब २२ अर्ब ८६ करोड रुपैयाँ पुर्याएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट पाएको छ जुन गत वर्षको भन्दा १२ प्रतिशतले बढी हो। गृह मन्त्रालयले १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ बजेट पाएको छ जुन २.६२ प्रतिशतले बढी हो। ६ अर्ब ८२ करोड २० लाख रुपैयाँ बजेट पाएको परराष्ट्र मन्त्रालयको बजेट १२.४२ प्रतिशतले बढेको छ। ९२ अर्ब ६३ करोड ५४ लाख रुपैयाँ बजेट पाएको सहरी विकास मन्त्रालयको बजेट ३९.९८ प्रतिशतले बढेको छ।

    अर्कातिर, बजेट घटेका मुख्य मन्त्रालयहरू

    1. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
    2. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (बजेट ०.६७ प्रतिशतले घटेको)
    3. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (बजेट २९.६९ प्रतिशतले घटेको)
    4. कृषि तथा पशुपन्छी विकास मन्त्रालय (बजेट ३.५१ प्रतिशतले घटेको)
    5. खानेपानी मन्त्रालय (बजेट ११.५१ प्रतिशतले घटेको)
    6. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय (बजेट ०.१९ प्रतिशतले घटेको)
    7. सूचना तथा सञ्चार प्रविधि मन्त्रालय (बजेट १०.५ प्रतिशतले घटेको)
    8. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (बजेट १५.९३ प्रतिशतले घटेको)

    यसरी सरकारले शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना जस्ता क्षेत्रहरूलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको देखिन्छ भने भ्रष्टाचारको आरोप लागेका केही मन्त्रालयहरूको बजेटमा कटौती गरेको छ। तर अर्थमन्त्रीले आफ्नै मन्त्रालयको बजेट धेरै बढाउनुले प्रश्न उठेको छ।

    सम्बन्धित समाचार

    भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

    बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

    बसन्त भण्डारी

    रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

    हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

    घुमन्ते

    English

    Nepal Flood 2026: Full Timeline Explained

    KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

    Info Nepal

    मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

    मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

    इन्फो डेस्क