इन्फो नेपाल — सञ्चारको सञ्जाल

कुम्भ राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

कुम्भ राशिहरुका लागि ज्योतिषको दृष्टिकोणले वर्ष २०८० कस्तो रहनेछ ? कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) कुम्भ राशिका जातकका लागि समग्रमा २०८० साल शुभ त्यति खास नरहला । शनि, बृहस्पति, राहु र केतुको प्रभावले वर्षभरी नै तपाईँलाई कमजोर बनाउन सक्छ, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्ला, तर यदि जन्मकुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भएमा नराम्रा फलको सामना गर्नु पर्दैन र भाग्यमा वृद्धि हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । नसोचेको ठाउँबाट चमत्कारी लाभ पनि मिल्नसक्छ । यो वर्ष आर्थिक समस्या बढ्न सक्ने देखिन्छ । खाद्यान्न, निर्माण, दलाली र तरल पदार्थमा गरेको लगानीबाट राम्रो प्रतिफल पाइनेछ । सेयरबजार र धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । शैक्षिक क्षेत्र, वैदेशिक लगानी र वित्तीय संस्थामा गरेको लगानीबाट राम्रो फल नमिल्ला । आर्थिक दृष्टिले जेठ र कात्तिक महिनामा धन हानी हुनेछ भने वैशाख, साउन, पुष र फागुन महिनामा अधिक लाभ मिल्नेछ । यो वर्ष प्रेम प्रसङ्गका लागि सामान्य रहेको छ अतः प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यताको आवश्यक पर्दछ । कसै कसैको जन्मकुण्डलीमा गण गुण राम्रो हुन गाएमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिन्छ । यो वर्ष विद्यामा ह्रास आउनसक्छ । स्वदेश तथा विदेश टाढिएर पढ्न गएका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रबाट मिहिनेत अनुसार सफलता नमिल्ला, तर भाषा र गणित विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । असार र भाद्र महिनामा राम्रो परिणाम आउनसक्छ । दबाब र तनाव बढे पनि नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ । पर्यटन र प्राविधिक क्षेत्रका पेशाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट पनि ख्याति कमाउन सकिनेछ, तर कार्य क्षेत्रमा शत्रुबाधा हुनसक्छ । यो वर्ष स्वास्थ्यमा नयाँ समस्या आउन सक्नेछ । रक्तसञ्चार, नसा, टाउको र आँखाको समस्या पनि बढ्नसक्छ । परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ, मानसिक चिन्ताबाट बच्न उचित परामर्श र आहार बिहार प्रति सजगता अपनाउनु पर्नेछ । शुभ रङ्ग सुन्तला रङ्ग, रातो, खैरो, सेतो र पर्पल शुभ रङ्ग हो । शुभ अङ्क १, २, ३, ७ र ८ शुभ अङ्क हो । प्रत्येक विहीबार लक्ष्मीनारायणको दर्शन पूजा, आराधना एवं पूजा गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग गर्ने, खानेकुरा दिने र मान्यजनको आशीर्वाद लिनाले पनि राम्रो हुनेछ । कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि आफ्नो पितृदेवको आशीर्वाद लिई गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी