इन्फो नेपाल — सञ्चारको सञ्जाल

कुलमान घिसिङको बर्खास्तीविरुद्ध हेटौँडामा प्रदर्शन, मन्त्रीको पुत्ला जलाइयो

हेटौँडा | नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा हेटौँडामा प्रदर्शन भएको छ। योङ कम्युनिस्ट लिग (वाइसिएल)को नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारको निर्णय बदनियतपूर्ण रहेको आरोप लगाउँदै तत्काल फिर्ता लिन माग गरेका छन्।

प्रदर्शनकारीहरूले हातमा मैनबत्ती र टुकी बालेर विरोध जनाउँदै सरकार विद्युत् माफियाको दबाबमा आएको आरोप लगाए। सिमाचोकबाट सुरु भएको नारा-जुलुस बुद्धचोकमा कोणसभामा परिणत भएको थियो।

प्रदर्शनकै क्रममा प्रदर्शनकारीहरूले उर्जा मन्त्री  दिपक खड्काको पुत्ला समेत जलाएका थिए। सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो, जसमा प्रहरी निरीक्षक विमला कठायत घाइते भएकी छिन्।

विरोध प्रदर्शनमा वाइसिएलका नेता तथा स्थानीय युवाहरूको सहभागिता रहेको थियो। उनीहरूले कुलमान घिसिङलाई पुनः जिम्मेवारी दिन सरकारलाई दवाव दिने चेतावनी दिएका छन्।

https://youtu.be/F_ntg-bZDkU

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क