इन्फो नेपाल — सञ्चारको सञ्जाल

'कुशल नेत्रित्व गुमाउनु पर्दा असहज परिस्थिति सिर्जना भएको छ'

म्याग्दी :  नेपाली काँग्रेसले एक कुशल नेत्रित्व गुमाउनु पर्दा असहज परिस्थिति सिर्जना भएको जनाएको छ । बिहीबार प्रदेश कार्य समिति, क्षेत्र 'ख' म्याग्दीका सभापति टंक पुनले तुलसीराम सापकोटाको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै कुशल नेत्रित्व गुमाउनु पर्दाको पीडाले असहज परिस्थिति श्रीजना भएको बताएका हुन् । सभापति पुनले सापकोटा एकदमै मिलनसार र लगनशील नेता मात्र नभई एक कुशल नेत्रित्वकर्मी पनि भएको बताए । "नेपाली काँग्रेसले एकदमै जुझारु नेताको रूपमा पाएका थियौ, उहाँले  विभिन्न पार्टीमा २० औ वर्ष काम गरेर पनि आफ्नो जीवनमा सन्तुष्ट नभएर नेपाली काँग्रेस रोज्नु भएको थियो, हामीले एकदमै मिलनसार र लगनशील नेता गुमायौ" सभापति पुनले भने । श्रदान्जली सभामा सङ्घीय संसद नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा, पुर्ब सहसभापति नेत्र बहादुर महत, उपसभापति के.वि भण्डारी, प्रदेश कार्य समिति (क्षेत्र 'ख' म्याग्दी)का उपसभापति तेजेन्द्र थापा, गोपाल भट्टचन लगाएतका नेताहरूको सहभागीता रहेको थियो  । कातिक १ गते बुधवार म्याग्दीको मंगला गाउँपालिका–५,पिपलबोटका सापकोटाको भिरबाट लडेर मृत्यु भएको हो । समाजसेवी सापकोटा नेपाली कांग्रेस, मंगला गाउँपालिका वडा नम्बर ५ का कार्य समितिका इकाई सभापति थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क