इन्फो नेपाल — सञ्चारको सञ्जाल

केपीलाई प्रचण्डको फोन : एमसिसीबारे चाँडै निर्णय गर्नुस्, केपीकाे जवाफ- ‘आफू पहिला गर्नू’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी (एमसिसी)बारे निर्णय लिन आग्रह गरेका छन् । स्रोतका अनुसार बिहीबार साँझ प्रचण्डले ओलीलाई फोन गरेर एमसिसीबारे निर्णय गर्न आग्रह गरेका हुन् । हाल माओवादी सत्तामा छ भने एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको छ । ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन भनेर अध्यक्ष ओलीलाई भन्नु भयो,’ ओली-प्रचण्डको टेलिफोन वार्ता उदृत गर्दै स्रोतल भन्यो, ‘ तर अध्यक्ष ओलीले पहिले तपाई आफूले नै निर्णय गर्नुस् भन्नुभयो । तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ। हटाइसकेपछि ४-५ महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ । प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नू । नेकपा (नेमाले)ले त निर्णय गरिहाल्छ।’ एमसिसीका कारण सत्ता गठबन्धन नै तोडिने अवस्थामा छ । सत्तामै रहेका माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरु एससिसीको विपक्षमा रहेका छन् भने काँग्रेस जसरी पनि एमसिसी पास गर्ने पक्षमा रहेको छ । प्रमुख प्रतिपक्षी दल एमाले भने सरकारको निर्णय कुरिरहेको छ । उता एमसिसी पास गराउनका लागि अमेरिकी अधिकारी तथा मन्त्रीहरुले पनि दबाव बढाइरहेका छन् । जसका कारण राजनीतिक दलका नेताहरु दबावमा छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क