इन्फो नेपाल — सञ्चारको सञ्जाल

के भीम रावल एमाले छोडेर माधव नेपालको पार्टीमा जान लागेका हुन  ?

काठमाडौं, २७ असोज । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले दश बुँदे सहमति अझै कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो पोखेका छन् । उनले आफूहरु धेरै ठूलो जोखिम मोलेर १० बुँदे सहमति गरेको खुलासा गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले दश बुँदे पार्टीका बैठकबाट अनुमोदन भैसकेको पनि स्पष्ट पारे ।उनले एमालेलाई बलियो बनाउनको लागि नै आफूहरुले दश बुँदे सहमति गरेको सुनाए । उनले आफूहरुले पार्टी फुटाउनको लागि वा व्यक्तिगत स्वार्थको लागि दश बुँदे सहमति नगरेको पनि जिकिर गरे । उनले भने, हाम्रो उद्देश्य भनेको देश जोगाउने हो । म त नवौं महाधिवेशनमा निर्वाचित उपाध्यक्ष हुँ । हामीसँग दश जनामात्रै होईन, हजारौं पँक्ति छ । उनले अहिले एमालेका कतिपय नेताले दश बुँदे सहमति कार्यान्वयन नगर्ने, बरु छोडेर गएपनि जाउन् भन्ने खालको अभिव्यक्ति दिन थालेकोमा चिन्ता व्यक्त गरे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क