इन्फो नेपाल — सञ्चारको सञ्जाल

के राप्रपा प्रबेश गर्दैछन् रबि ?

काठमाडौं : बालेन शाह स्थानीय तह निर्वाचनताका एकदमै चर्चामा रहदै आएका छन् । अब चर्चा सुरु भएको छ लोकप्रिय पत्रकार रबि लामिछानेको । उनले दशकौ लामो पत्रकारितालाई बिट मारेर राजनितीको मैदानमा छिरेका छन् । सबैभन्दा प्रमुख कुरो त उनी अब स्वतन्त्र उठ्ने हुन् या कुनै दल बिशेषको पात्र बनेर नजिकिएको संसदीय निर्वाचनमा आउने हुन् भन्ने चासोको बिषय बनेको छ । काठमाण्डौको कुनै एउटा क्षेत्रबाट रबि उठ्ने पक्का त भईसकेको नै छ तर उनले रोज्ने बाटो सबैको चासो बनेको छ । उसो त रबि यतिबेला ठुला दलका नेताहरु संग निरन्तर संबादमा रहेका छन् । उनले अहिले सम्म कुन पार्टी छान्ने हुन् पक्का भईसकेको छैन । आफूलाई विभिन्न पार्टीहरूबाट अफर आइरहेको तर निर्णय लिन बाँकी रहेको उनको भनाइ छ ।लामिछाने कांग्रेस, एमाले र राप्रपाका विभिन्न तहका नेताहरूसँग निरन्तर संवादमा छन् । स्रोतका अनुसार उनको सबैभन्दा सघन र गम्भीर छलफल चाहिँ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग भइरहेको छ । लिङदेन अध्यक्ष भईकन उनको चर्चा पनि राम्रै भईरहेको छ भने संगठन बिस्तार पनि गाउँ गाउँ सम्म पुगेको छ । लिङदेनले पनि लामिछानेलाई भेटेरै आफ्नो पार्टीमा आउन प्रस्ताव गरिरहेका छन् ।उनी राप्रपामै जाने संभावना बलियो बनेको छ । किनकि लामिछानेका ससुरा उद्धव पौडेल हालै मात्र राप्रपा नेपाल त्यागेर राप्रपामा फर्किएका छन् । पौडेलकै मध्यस्थतामा लिङ्देन र लामिछानेबीच घनीभूत रुपमा संवाद जारी रहेको राप्रपा निकट स्रोतले बताएको छ । राजसंस्थाप्रति सदाशयता राख्ने भए पनि लामिछाने आफूलाई ‘राजावादी’ का रूपमा चिनाउन चाहँदैनन् । संघीयताको खारेजी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीजस्ता विषयमा राप्रपासँग उनको मत मिल्छ । त्यस्तै लामिछानेका ठुला फ््यान तथा प्रशंसक ज्वाला संग्रौला , ज्ञानेन्द्र शाही पनि रबि राप्रपामै आउन् भन्ने उदेश्यका साथ लागि परेका छन् । यता लामिछानेका शुभचिन्तक तथा समर्थकहरू उनलाई स्वतन्त्र रुपमा उठेको हेर्न आतुर रहेका छन् । यसकारण पनि लामिछाने दोधारमा देखिएका छन् । चतुर लामिछानेले यो पनि बुझेका छन् कि एक्लो सांसदले केही गर्न सक्दैन । त्यसैले आफैँ पार्टी गठन गरेर स्वतन्त्र ब्यत्तिहरुलाई एकत्रित गर्दै चुनावी मैदानमा छिर्न सक्ने लामिछानेको बिकल्प भने खुल्लै रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क