इन्फो नेपाल — सञ्चारको सञ्जाल

कैलाश मानसरोवर दर्शन गरि फर्कने क्रममा एक नेपाली महिलाको मृत्यु

मकवानपुर | पोखरा महानगरपालिका–५ की ६२ वर्षीया महिला विष्णुकुमारी दवाडी र श्रीमान् ईश्वरी प्रा. दवाडीको चीनको कैलाश मानसरोवरको धार्मिक यात्रा पीडादायी भएको छ । कैलाश मानसरोवर दर्शन गरि साउन ४ गते फर्किने क्रममा विष्णुकुमारी दवाडीको चीनको केरुङमा स्वास्थ्य समस्याको कारण दुःखद घटना भएको प्रदेश प्रहरी कार्यालय, बागमती प्रदेशले पूष्टि गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि विष्णुकुमारी दवाडीलाई उपचारका लागि केरुङस्थित अस्पतालकामा लागिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । विष्णुकुमारी दवाडीको शव पोस्टमार्टम र अन्य आवश्यक औपचारिकताका लागि पोखराको गण्डकी अस्पतालमा ल्याइएको छ । उनको असामयिक निधनको खबरले उनको परिवार, साथीभाइ र स्थानीय समुदाय शोकमा डुबेको छ। कैलाश मानसरोवर यात्रा धेरै हिन्दूहरूको लागि एक पवित्र तीर्थस्थल मानिन्छ, र नेपालका विभिन्न भागबाट भक्तहरूले यो यात्रालाई अपार विश्वास र भक्तिका साथ गर्छन्। दुर्भाग्यवश, विष्णुकुमारी दवाडीको जीवनको दुखद क्षतिले यस वर्षको तीर्थयात्रा प्रभावित भएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क