इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोरियामा निधन भएकी ईलामकी सोनुको परिवारलाई ६ लाख सहयोग

इटहरी | दक्षिण कोरियामा निधन भएकी इलामको माई नगरपालिका–१ तिलटारकी सोनु श्रेष्ठको परिवारलाई ६ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ।

इलामेली समाज कोरिया, विद्यार्थीहरूको संस्था सोनसिक र एनआरएनए कोरियाले संकलन गरेको ६ लाख २१ हजार ६ सय ५५ रुपैयाँ मृतक श्रेष्ठको घरमा पुगेर हस्तान्तरण गरिएको हो। एक कार्यक्रमबीच इलामेली समाज दक्षिण कोरियाका पूर्व उपाध्यक्ष मुकेश राईले हस्तान्तरण गरेका हुन् ।

अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी २० वर्षीया श्रेष्ठको गत भदौ २ गते निधन भएको थियो। सोनु गत फेब्रुअरीमा विद्यार्थी भिसामा दक्षिण कोरिया गएकी थिइन्। उनका बुवा लीलाकुमार श्रेष्ठ विगत केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए।

मलेसियामा रहेका लीला कुमारको पनि जेठमा निधन भएको थियो। सोनुका परिवारमा आमा, भाइ र बहिनी तीनजना दिदीको बिहे भइसकेको छ।

४५ वर्षीया आमा प्रतिमा श्रेष्ठ गाउँमै सामान्य खेतीपाती गर्छिन् । सोनुका भाइ कक्षा ७ मा र बहिनी कक्षा १२ मा अध्ययन गर्छन्। कोरियामा रहेको संघसंस्थाको पहलमा उनको शव गत भदौ ९ गते घर ल्याएर अन्तिम संस्कार गरिएको थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क