इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोरोनाको चपेटामा हेटौंडा सिमेन्ट उद्योग: दुई वर्षमा ५० करोड घाटा

हेटौंडा | वाग्मती प्रदेशको राजधानी हेटौंडामा अवस्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेड कोरोना महामारीको कारण गम्भीर आर्थिक संकटमा परेको छ। उद्योगका अधिकारीहरूका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा करिब २५ करोड रुपैयाँ घाटा भएको थियो भने चालु आर्थिक वर्ष २०७७/७८ मा पनि त्यति नै घाटा हुने अनुमान गरिएको छ।

उद्योगका कार्यकारी प्रबन्धक (अर्थ) रामबाबु शाहका अनुसार कोरोनाको कारण उत्पादन लागत बढेको, सञ्चालन खर्च उच्च रहेको र योजना अनुसार उत्पादन तथा बिक्री हुन नसकेको कारण यो नोक्सानी बेहोर्नु परेको हो। विशेषगरी सिमेन्ट बिक्रीको मुख्य मौसम चैतदेखि असारसम्म महामारीको कारण प्रभावित भएकोले ठूलो आर्थिक क्षति भएको उनले बताए।

महाप्रबन्धक प्रेमशंकर सिंहले पुराना मेसिनरी र बारम्बार बिग्रने समस्याका कारण उच्च लागत खर्च आउने र यसले गर्दा निजी सिमेन्ट उद्योगहरूसँग प्रतिस्पर्धा गर्न नसकेको बताए। उद्योगको वार्षिक आम्दानी करिब २ अर्ब रुपैयाँ रहेको छ भने खर्च २ अर्बभन्दा बढी हुने गरेको छ।

२०३३ सालमा स्थापित यस उद्योगले २०४८ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। हाल उद्योगमा २८५ स्थायी र करिब १०० ज्यालादारी कर्मचारी तथा मजदूर कार्यरत छन्। उद्योगको १०१ बिघा जमिन र २०० बिघा क्षेत्रफलमा कच्चा पदार्थको खानी रहेको छ।

उद्योगका अधिकारीहरूले यसलाई नाफामूलक बनाउन नयाँ प्रविधि जडान गरी अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। यद्यपि, उद्योगले गुणस्तरलाई प्राथमिकतामा राखेको र अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएको जनाएको छ।

कोरोना महामारीको असर कम हुँदै गएपछि उद्योगको आर्थिक अवस्था सुधार हुने अपेक्षा गरिएको छ। तर लामो समयदेखि चलिआएको पुरानो प्रविधि र उच्च सञ्चालन लागतको समस्या समाधान नगरेसम्म उद्योगलाई नाफामा लैजान कठिन हुने देखिन्छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क