एजेन्सी । हालसम्मकै नयाँ खतरनाक कोरोना भाइरसको भेरियन्ट भेटिएपछि अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा भएको छ ।न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेका हुन् ।
गर्भनर होचुलले भनेका छन्, ‘पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो ।’दक्षिण अफ्रिकामा देखा परेको नयाँ कोरोनाको भेरियन्ट न्युयोर्कमा बढिरहेको र नयाँ भेरियन्ट अझ खतरनाक रहेकाले संककटकाल लगाइएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
गर्भनर होचुलले गरेको घोषणाअनुसार आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने गरि संकटकाल घोषणा गरिएको छ । साथै, त्यस अवधिपछि आवश्यकताअनुसार संकटकाल लम्बिन सक्ने पनि बताइएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…