इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोरोनानाबाट ज्यान गुमाएका व्यक्ति परिवारलाई एक लाखका दरले राहत

कोभिड-१९ संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ संक्रमणबाट ज्यान गुमाएकाहरुका परिवारलाई राहत रकम वितरण गरेको हो । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्त भएको १७ लाखबाट रुपैयाँ प्रति मृतकका परिवारलाई एक लाखको दरले नगद वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।कोभिड-१९ महामारीको समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका परिवारलाई उक्त रकमले केही राहत मिल्ले प्रजिअ देवकोटको भनाइ छ । राहत वितरण कार्यविधि २०७८ को अनुसुची १, २ र ३ मा उल्लेख भए बमोजिम सरकारले मान्यता दिएको ल्याबले प्रमाणित गरेको कोभिड-१९ संक्रमित भएको पिसिआर रिपोर्ट र एन्टिजेन्ट रिपोर्ट सक्कलै प्रति दुई मध्ये कुनै एकलाई आधार मानेर कर्णाली प्रदेश सरकारले निर्णय गरी राहतस्वरुप उक्त रकम उपलब्ध गराइएको छ । कोरोना संक्रमणबाट छेडागाड–६ का रत्नप्रसाद शर्मा, नलगाड–११ का भीमबहादुर मल्ल, नलगाड–७ का वीरबहादुर सिंह, नलगाड–५ की गंगादेवी शाही, नलगाड–४ का गणेशबहादुर रावल, नलगाड–३ का पठबिर थापा, भेरी–३ की कृण्णा शाह, भेरी–१० का तुलबिर राना, भेरी–४ की लिला नेपाली, भेरी–६ का सरी देवी खड्का, शिवालय–६ का हरिभक्त रोकायसहित १७ जनाको ज्यान गएको थियो ।कोरना संक्रमणले आफन्त तथा अभिभावक गुमाएका परिवारलाई राहत रकमले केही राहत मिलेको बाबु गुमाएका नलगाड–४ का सुधन रावलले बताए । मृत्यु भएका १७ जनामध्ये १४ जनाले रकम बुझिसकेकाे र तीन जनाको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । भुक्तानी दाबी गर्नका लागि कोभिड–१९ संक्रमणबाट मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्यु दर्ताको प्रमाण तथा सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क