इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोर सिटी'मा पछाडि परे बालेन, हेर्नुस कुन वाडमा कसले कति ल्याय

काठमाडौं : समग्रम हेर्दा काठमाडौं महानगरको मेयर उम्मेदवार बालेन साह हालसम्म अग्रस्थानमा छन् । यद्यपि कोर सिटीमा बालेन अन्य वडाको तुलनामा कमजोर देखिएका छन्। वडा नं २७ महाबौद्धमा दुई हजार ७१७ मत गणनामा स्थापितले ८०४ मत पाएका छन्। कांग्रेसकी सिंहले ६९५ मत पाएकी छिन् भने बालेनले ४३८ मत प्राप्त गरेका छन्। यहाँ अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३१७ मत ल्याएका छन्। अहिले सम्म काठमाडौं महानगरका ९ वटा वाडको मतगणना सकिएको छ, सकिनेमा वाड १, २, ३, ४, ५, २८, २९, ३०, ३२, पर्छन भने ६, ७, ८, ९, १०, २४,२ ५, २६ को मतगणना जारी छ । ११, १२, १३, १४, १५, १६, 17, १८, १९, २०, २१, २२, २३, नम्बर वाड को मतगनका सुरु समेत भएको छैन । कुन वाड(गणना सकिएको मात्र) मा कसलाई धेरै मत ? वाड नम्बर १ मा (लौरो) बालेन साहले ७८३ ,(रुख ) सिर्जना सिंहले ४५२ र (सुर्य) केशव स्थापितले ३६५मत प्राप्त गरेका छन् । वाड नम्बर २ मा (लौरो) बालेन साहले १ हजार २१५ , (सुर्य) केशव स्थापितले ७२८ र (रुख ) सिर्जना सिंहले ४९६ मत प्राप्त गरेकी छिन । वाड नम्बर ३ मा (लौरो) बालेन साहले २ हजार ३२६ , (सुर्य) केशव स्थापितले १ हजार १८० र (रुख ) सिर्जना सिंहले १ हजार १५० मत प्राप्त गरेकी छिन । वाड नम्बर ४ मा (लौरो) बालेन साहले ३ हजार ९६६ , (सुर्य) केशव स्थापितले १ हजार ९३७ र (रुख ) सिर्जना सिंहले १ हजार ५१२ मत प्राप्त गरेकी छिन । वाड नम्बर ५ मा (लौरो) बालेन साहले १ हजार २११ , (सुर्य) केशव स्थापितले १ हजार ६६ र (रुख ) सिर्जना सिंहले ७४३ मत प्राप्त गरेकी छिन । वाड नम्बर ६ मा (लौरो) बालेन साहले ३ हजार ४७६ , (रुख ) सिर्जना सिंहले २ हजार २०९ र (सुर्य) केशव स्थापितले १ हजार ७५३ मत प्राप्त गरेका छन् । वाड नम्बर ८ मा (लौरो) बालेन साहले १ हजार ३६७ , (सुर्य) केशव स्थापितले ६४९ र (रुख ) सिर्जना सिंहले ८२४ मत प्राप्त गरेकी छिन । वाड नम्बर २८ मा (लौरो) बालेन साहले ७१७ , (सुर्य) केशव स्थापितले ७४१ र (रुख ) सिर्जना सिंहले १ हजार ७१० मत प्राप्त गरेकी छिन । वाड नम्बर २९ मा (लौरो) बालेन साहले १ हजार ६६८ , (सुर्य) केशव स्थापितले ९६६ र (रुख ) सिर्जना सिंहले १ हजार २३२ मत प्राप्त गरेकी छिन । वाड नम्बर ३० मा (लौरो) बालेन साहले १ हजार ७०१ , (सुर्य) केशव स्थापितले २ हजार ५६६ र (रुख ) सिर्जना सिंहले १ हजार ९७१ मत प्राप्त गरेकी छिन । वाड नम्बर ३२ मा (लौरो) बालेन साहले ५ हजार ५२३ , (सुर्य) केशव स्थापितले २ हजार ५६६ र (रुख ) सिर्जना सिंहले १ हजार ९७१मत प्राप्त गरेकी छिन । अन्य केही वाडमा मतगणना जारीनै छ भने कहे वाडाको मतगणना सुरु भएको छैन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क